logo

जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने

    784   पटक पढिएको


५ पुस/अर्थ र व्यापार – जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी (प्राइबेट इक्विटी) कोष डोल्मा इम्याक्ट फन्ड (डीआईएफ) मा १ अर्ब ३२ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) बराबरको लगानी गर्ने भएको छ । जाइकाले नेपालको निजी क्षेत्रमा गर्न लागेको यो पहिलो लगानी हो ।
डोल्मा फण्ड म्यानेजमेन्ट र जाइकाबीच लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । जाइकाको लगानी मुख्यतया नेपालमा निजी क्षेत्रद्वारा प्रवद्धित स्वास्थ्य सेवा, सूचना÷डिजिटल प्रविधि तथा नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीहरुमा प्रयोग गरिनेछ ।
जाइकाले सो लगानी नेदरल्याण्डसको उद्यमशीलता विकास बैंक एफएमओ, बेलायत सरकारको विकास बैंक ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट, स्वीडेन सरकारको विकास वित्तीय संस्था स्वीडेफन्ड, अमेरिकी सरकारको विकास वित्तीय नियोगसँगै सहवित्तीयकरणमा लगानी गरेको हो ।
यस सम्झौतासँगै डीआईएफ को कूल कोष अमेरिकी डलर ७१.९६ मिलियन पुगेको छ । २०१५ को भूकम्पका कारण केही समय अस्थायी रुपमा आर्थिक मन्दी भोगेका अर्थतन्त्रको पुनरुत्थान भइसकेकोले नेपाल अल्पविकसित देशको श्रेणीबाट विकासोन्मुख देशमा स्तरोन्नती हुने चुनौती नेपाल समक्ष छ ।
नेपालमा उद्योगहरु र रोजगारीका अवसरहरुको अभावका कारणले आप्रवासी कामदारहरुको बढोत्तरी हुनगएको छ, यसैले गर्दा नेपालमा उद्योगहरुलाई आशाजनक जनशक्तीको अभाव पनि भइरहेको छ । तसर्थ नेपालमा स्वास्थ्य सेवा, सूचना/ डिजिटल प्रविधि क्षेत्र जस्ता सम्भावनापूर्ण क्षेत्रहरुमा थप लगानी अपरिहार्य छ ।
प्राकृतिक रुपमै प्रचुर मात्रामा उपलब्ध जलस्रोतको परिचालन गरी जलविद्युतको उत्पादन गर्न समेत लगानी जरुरी रहेको छ । डोल्मा फण्ड म्यानेजमेन्टले औद्योगिक विकास, रोजगारी सिर्जना र नवीकरणीय उर्जाको विकासलाई बढावा दिने किसिमका कोषहरुको व्यवस्थापन गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।