२१ कात्तिक/अर्थ र व्यापार – राजस्व अनुसन्धान विभागले राजस्व छलिमा संलग्न दुईजना विरुद्ध ३ करोड ८० लाख रुपैयाँ भन्दाबढी विगो मागदावी सहित उच्च अदालत हेटौडा इजालसमा मुद्दा दायर गरेको छ । विभागले अनुसन्धानको क्रममा उनीहरुले सो रकम बराबरको राजस्व चुहावट गरेको देखिएको जनाएको छ ।
विभागले आइतबार चितवनको शहिदचोक बस्ने श्रीशाई रामकुमार गुप्ता र शौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटन हेटौडा इजालसमा मुद्दा दायर गरेको हो । राजश्व छलिमा संलग्न उनीहरुले भन्सार छलेर मालसामान पैठारी गरि लुकाइछिपाई खरिदबिक्री गरि राजस्व चुहावट गरेको सूचनाको आधारमा उनीहरुमाथी अनुसन्धान गरेको थियो ।
उनीहरुमाथी सोहि सूचनाका आधारमा अनुसन्धान गर्नेक्रममा भन्सार महशुल तथा मूल्य खभिवृद्धि कर छली गरेको पाइएको विभागले जनाएको छ ।
यतिधेरै रुपैयाँ बराबरको राजश्व छलिगरेको अभियोगमा विभागले ३ करोड ८० लाख ५९ हजार ५२६ रुपैयाँ बिगो कायम गरी उनीहरू दुईजना विरुद्ध मुद्दा दायर गरेको बताएको छ ।
तपाईको प्रतिक्रिया