logo

नयाँ बानेश्वरका व्यवसायीले मागे फुटपाथमा एक लाइन पार्किङ

    767   पटक पढिएको


३१ असोज/अर्थ र व्यापार – नयाँबानेश्वरका व्यवसायीहरुले फुटपाथमा एक लाइनमा पार्किङ गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाको योजनामा फुटपाथ व्यवसायीलाई हटाउन मुख्य भूमिका खेलेका सटरमा व्यवसाय गरिरहेका व्यवसायीले फुटपाथमा एक लाइन पार्किङ गर्न दिइनुपर्ने माग गरेका हुन् ।
बानेश्वरमा व्यवसायीहरुले नै अभियान चलाएर फुटपाथ खाली गराएका थिए । तर,पार्किङको पर्याप्त स्पेस नभएका कारण बानेश्वर क्षेत्रका पसलहरुमा व्यापार प्रभावित भएको छ । फुटपाथ व्यापारीसँग सामान किन्न बानेश्वर आउनेहरु अन्यत्र जान थालेकाले चहलपहल घट्दा बानेश्वरको सटरभित्र हुने पनि व्यापार घटेको व्यवसायीको गुनासो छ ।
नयाँबानेश्वरमा पार्किङको समस्या समाधान गर्न अन्य प्रयोजनमा रहेका भूमिगत पार्किङहरु खाली गरिए पनि ती व्यवसायिक रुपमा सञ्चालनमा आएका छैनन् । बानेश्वर प्लाजामा पार्किङको सुविधा त दिइएको छ ।
उपभोक्ताले महँगो शुल्क तिर्नु परेको छ भने यसरी पार्किङ गरेर किनमेल गर्न आउनेहरु सीमित मात्रै छन् । यसकै कारण व्यापार प्रभावित भएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले काठमाडौं महानगरपालिकासँग पार्किङको समुचित प्रबन्ध नभइन्जेल एक लाइन पार्किङ गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
संघकै अगुवाइमा बानेश्वर क्षेत्रमा फुटपाथ हटाउने र व्यवस्थापन गर्ने काम भएको हो । संघका अध्यक्ष नवीन लुइँटेल पसल अगाडि पार्किङ गरेर सामान खरिद गर्न पसलमा छिर्दा पनि चिट काट्ने वा बाइक उठाउने काम भइरहेको बताए ।
पार्किङको सजिलो व्यवस्था नहुँदासम्म एक लाइन व्यवस्थित बाइक पार्किङ गर्नु उपयुक्त देखिएको उनले बताए । लुइँटेलका अनुसार स्थायी रुपमा बेसमेन्टमा पार्किङका पूर्वाधार बनिरहेका छन् । ती निर्माण र सञ्चालन नभइन्जेल एक साइडमा पार्किङ गर्न दिन व्यवसायीको माग छ ।
पछिल्ला दिनमा फुटपाथमा नपर्ने गरी पसलहरुको बाहिर राखिएका सामान समेत हटाउन महानगरपालिकाले अभियान चलाइरहेको छ । थिति बसाल्ने नाममा निर्मम नहुन आफुहरुको अनुरोध भएको बताउँदै लुइँटेले भने,‘आफ्नै पिँढीमा पनि सामान राख्न नदिनु अली बढी र अस्वभाविक भयो कि ? पुनर्विचार गरियोस् ।’
उनका अनुसार व्यवसायी आफैंले आफ्नो पेटी बाहिर सामान नरँखने गरी सचेतना अभियान चलाइने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।