logo

नयाँ बानेश्वरका व्यवसायीले मागे फुटपाथमा एक लाइन पार्किङ

    1108   पटक पढिएको


३१ असोज/अर्थ र व्यापार – नयाँबानेश्वरका व्यवसायीहरुले फुटपाथमा एक लाइनमा पार्किङ गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाको योजनामा फुटपाथ व्यवसायीलाई हटाउन मुख्य भूमिका खेलेका सटरमा व्यवसाय गरिरहेका व्यवसायीले फुटपाथमा एक लाइन पार्किङ गर्न दिइनुपर्ने माग गरेका हुन् ।
बानेश्वरमा व्यवसायीहरुले नै अभियान चलाएर फुटपाथ खाली गराएका थिए । तर,पार्किङको पर्याप्त स्पेस नभएका कारण बानेश्वर क्षेत्रका पसलहरुमा व्यापार प्रभावित भएको छ । फुटपाथ व्यापारीसँग सामान किन्न बानेश्वर आउनेहरु अन्यत्र जान थालेकाले चहलपहल घट्दा बानेश्वरको सटरभित्र हुने पनि व्यापार घटेको व्यवसायीको गुनासो छ ।
नयाँबानेश्वरमा पार्किङको समस्या समाधान गर्न अन्य प्रयोजनमा रहेका भूमिगत पार्किङहरु खाली गरिए पनि ती व्यवसायिक रुपमा सञ्चालनमा आएका छैनन् । बानेश्वर प्लाजामा पार्किङको सुविधा त दिइएको छ ।
उपभोक्ताले महँगो शुल्क तिर्नु परेको छ भने यसरी पार्किङ गरेर किनमेल गर्न आउनेहरु सीमित मात्रै छन् । यसकै कारण व्यापार प्रभावित भएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले काठमाडौं महानगरपालिकासँग पार्किङको समुचित प्रबन्ध नभइन्जेल एक लाइन पार्किङ गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
संघकै अगुवाइमा बानेश्वर क्षेत्रमा फुटपाथ हटाउने र व्यवस्थापन गर्ने काम भएको हो । संघका अध्यक्ष नवीन लुइँटेल पसल अगाडि पार्किङ गरेर सामान खरिद गर्न पसलमा छिर्दा पनि चिट काट्ने वा बाइक उठाउने काम भइरहेको बताए ।
पार्किङको सजिलो व्यवस्था नहुँदासम्म एक लाइन व्यवस्थित बाइक पार्किङ गर्नु उपयुक्त देखिएको उनले बताए । लुइँटेलका अनुसार स्थायी रुपमा बेसमेन्टमा पार्किङका पूर्वाधार बनिरहेका छन् । ती निर्माण र सञ्चालन नभइन्जेल एक साइडमा पार्किङ गर्न दिन व्यवसायीको माग छ ।
पछिल्ला दिनमा फुटपाथमा नपर्ने गरी पसलहरुको बाहिर राखिएका सामान समेत हटाउन महानगरपालिकाले अभियान चलाइरहेको छ । थिति बसाल्ने नाममा निर्मम नहुन आफुहरुको अनुरोध भएको बताउँदै लुइँटेले भने,‘आफ्नै पिँढीमा पनि सामान राख्न नदिनु अली बढी र अस्वभाविक भयो कि ? पुनर्विचार गरियोस् ।’
उनका अनुसार व्यवसायी आफैंले आफ्नो पेटी बाहिर सामान नरँखने गरी सचेतना अभियान चलाइने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।