logo

ब्याजदर बृद्धिले व्यवसायी मर्कामा : चेम्बर अध्यक्ष मल्ल

    825   पटक पढिएको


३० असोज/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन ।
बैंक वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताए । उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पुर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महङ्गीले जनतामा समेत असर गरेको बताए ।
कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लले बताए । उनले भने,‘मुलुकको अर्थतन्त्रमा चौतर्फी दवाव परिरहेका बेला पछिल्लो समय भएको ब्याजदर बृद्धिले व्यवसायीलाई निकै आहात बनाएको छ, ।’
हाल विद्यमान स्प्रेड दरलाई ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरि कर्जाको आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा व्याजदर घट्ने अध्यक्ष मल्लको भनाई छ ।
स्थानीय प्रदेश तथा संघीय सरकार अन्र्तगतका निकायहरुको खातामा रहेको पुँजिगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य वैंक मार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने अध्यक्ष मल्लले सुझाव दिए ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधी बढाउनुपर्ने भएपनि बढ्दो व्याजदरका कारण अर्थतन्त्रनै धरासायी हुने अवस्था सिर्जना भएको अध्यक्ष मल्ललको भनाई छ । साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिए ।
लुम्बिनीको पर्यटन प्रर्वद्धन, एवं कृषिको आधुनिकीकर र यान्त्रीकरण मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । नेपाली औद्योगिक हव भैरहवा सेज भित्र उद्योगहरुको सहज तरिकाले स्थापना र सञ्चालन गरिनुपर्ने अध्यक्ष मल्लले बताए । भन्सार नाकालाई व्यवस्थित गरेर व्यापार सहजीकरण गर्न समेत अध्यक्ष मल्लले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।