logo

सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा घटायो, प्रति लगानीकर्ता दुईकरोड रुपैयाँ कायम

    817   पटक पढिएको


२८ असोज/अर्थ र व्यापार – सरकारले विदेशी लगानीकर्ताका लागि न्यूनतम लगानीको सीमा घटाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीकर्ताका लागि लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँ निर्धारण गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन बमोजिम विदेशी लगानीको न्यूनतम सीमा घटाएको जानकारी दिए ।
उनका अनुसार अब विदेश लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ कायम गरिएको छ ।
यसअघि नै सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् वैदेशिक लगानीको सीमा घटाउने नीति लिएको थियो । सोही नीति अनुसार मन्त्रिपरिषद्ले शुक्रबार यस्तो निर्णय लिएको हो ।
यसअघि न्यूनतम ५ करोड रुपैयाँ वैदेशिक लगानी भित्राउन पाउने नीति रहेको थियो । विदेशी साना लगानीकर्तालाई पनि प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सरकारले यसअघिको सिमा केही घटाएर न्यूनतम २ करोड लगानी ल्याउन पाउने व्यवस्था गरिदिएको हो ।
अब यस्तो नयाँ नीति लिएको सरकारले साना ठुला गरि चालु आर्थिक वर्षमा विगतका वर्षहरुको भन्दा धेरै वैदेशिक लगानी लक्ष्य लिएको सरकारका प्रवक्ता कार्कीले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।