logo

गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न कानूनी व्यवस्था गर्छौं : प्रधानमन्त्री

    826   पटक पढिएको


२५ असोज/अर्थ र व्यापार – प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउन लागेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा देउवाले यस्तो बताएका हुन् । यसैगरि, प्रम देउवाले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ)मा १० प्रतिशत सेयर आरक्षणको रुपमा दिने व्यवस्था गरेको र यसबाट गैरआवासीय नेपालीलाई विभिन्न माध्यमबाट लगानीगर्न उत्प्रेरणा गरेको पनि बताए ।
कार्यक्रममा प्रम देउवाले गैर आवासीय नेपालीले मुलक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दैै उनीहरुले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने वाताबरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।
उनले विदेशमा रहेका नेपालीलाई विदेशी लगानीकर्ता नेपालमा ल्याउन महत्वपूर्ण भूमिका खेलिदिन पनि आग्रह गरे । गैर आवासीय नेपालीले नेपालमा उत्पादित बस्तुलाई उपभोग गर्न सकेको खण्डमा स्वेदशी उत्पादनको निकासीमा सहयोग पुग्ने र साना तथा मझौला उद्योगको संरक्षण हुने देउवाको भनाइ छ ।
आफुले विदेशमा आर्जन गरेको रकमले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न समेत पटक पटक आग्रह गरे । ‘यसले नेपालमा पुँजी र प्रविधि भित्रने छ’ उनले भने । प्रम देउवाले चालु आवको बजेटमा सरकारले विदेशी लगानीको न्यूनतम सिमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको स्मरण गराए ।
यस्तै १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृत सञ्चालन स्वचालिन प्रणालीबाट हुने व्यवस्था गरेको पनि उल्लेख गरे । सरकारले विदेशी लगानीको संरक्षण गर्न सरकार तत्पर रहेको पनि उल्लेख गरे ।
संघले भूकम्पको समयदेखि कोरोना महामारीसम्म गरेको योगदानको चर्चा गर्दै उनले आगामी दिनमा पनि यस्तै सहयोग कायमै राख्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।