logo

गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न कानूनी व्यवस्था गर्छौं : प्रधानमन्त्री

    1074   पटक पढिएको


२५ असोज/अर्थ र व्यापार – प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउन लागेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा देउवाले यस्तो बताएका हुन् । यसैगरि, प्रम देउवाले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ)मा १० प्रतिशत सेयर आरक्षणको रुपमा दिने व्यवस्था गरेको र यसबाट गैरआवासीय नेपालीलाई विभिन्न माध्यमबाट लगानीगर्न उत्प्रेरणा गरेको पनि बताए ।
कार्यक्रममा प्रम देउवाले गैर आवासीय नेपालीले मुलक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दैै उनीहरुले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने वाताबरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।
उनले विदेशमा रहेका नेपालीलाई विदेशी लगानीकर्ता नेपालमा ल्याउन महत्वपूर्ण भूमिका खेलिदिन पनि आग्रह गरे । गैर आवासीय नेपालीले नेपालमा उत्पादित बस्तुलाई उपभोग गर्न सकेको खण्डमा स्वेदशी उत्पादनको निकासीमा सहयोग पुग्ने र साना तथा मझौला उद्योगको संरक्षण हुने देउवाको भनाइ छ ।
आफुले विदेशमा आर्जन गरेको रकमले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न समेत पटक पटक आग्रह गरे । ‘यसले नेपालमा पुँजी र प्रविधि भित्रने छ’ उनले भने । प्रम देउवाले चालु आवको बजेटमा सरकारले विदेशी लगानीको न्यूनतम सिमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको स्मरण गराए ।
यस्तै १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृत सञ्चालन स्वचालिन प्रणालीबाट हुने व्यवस्था गरेको पनि उल्लेख गरे । सरकारले विदेशी लगानीको संरक्षण गर्न सरकार तत्पर रहेको पनि उल्लेख गरे ।
संघले भूकम्पको समयदेखि कोरोना महामारीसम्म गरेको योगदानको चर्चा गर्दै उनले आगामी दिनमा पनि यस्तै सहयोग कायमै राख्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।