logo

दशैमा व्यवसायीले यसरी रंगाए काठमाडौको बजार

    1159   पटक पढिएको

१५ असोज/अर्थ र व्यापार – झन्डै तिनवर्ष कोरोना विश्व महामारिका कारण नराम्रोसित प्रभावित भएको देशको संघीय राजधानी काठमाडौको न्युरोड, दरबारमार्ग पुतलीसडक, गोंगबु, चावहिल लगायत विभिन्न ठाउँका सपिङ सेन्टर यसपालीको दसैंमा निकै रंगिन देखिएका छन् । दसैं, तिहार, नेपालसंवत र छठपर्व लगायत पर्वहरु नजिकिएसँगै अहिले यहाँका बजारलाई व्यवसायीले आकर्षक ढंगले रंगाएर निकै झिलिमिली एवं लोभलाग्दो बनाएका हुन् ।
काठमाडौ, ललितपुर र भक्तपुर सहरका ठूला सपिङ मलमा दसैंका व्यापारिले आफ्नो पसल अगाडी आकर्षक रंगिचंगी चंगै चंगा टाँगिदिएका छन । साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिने गरी बजारमा झिलिमिली बत्ती बालिएको छ ।
आकर्षक बनाएर प्रतिष्पर्धात्मक बनाइएको काठमाडौ उपत्यकाको बजारमा अहिले दसैंका किनमेल गर्नेहरुको निकै बाक्लो भीड र आकर्षण छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएका हुन् ।
दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसझाउ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ ।
उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन् । नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ । दसैंमा देखिएको यो भीड भोली फुलपालिको दिनसम्म कायमै रहने स्थानीय व्यवसायीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।