logo

अब नोट होइन विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसालौं: राष्ट्र बैंक

    945   पटक पढिएको


१० असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले आज घरघरमा जमरा राखेर सुरु भएको बडादशैं, तिहार, छठपर्व लगायतका चाडपर्वमा नयाँ नोट होइन विद्युतीय माध्यमबाट दक्षिणा दिने बानी बसाल्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सर्वसाधारणकालागि यस्तो आग्रह गरेको हो ।
यसैगरि, बैंकले नोटमा केरमेट गर्ने, जलाउने, च्यात्ने वा नोटको आकृति बिगार्ने काम नगर्न अनुरोध गरेको छ । यस्तो काम दण्डनीय रहेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले नोटसँग धार्मिक कार्य, वार्षिक उत्सव, दशैं, तिहार, पुजाआजा, जस्ता सामाजिक कार्यहरुमा दक्षिणाका रुपमा प्रयोग हुने अविर, केशरी, अक्षता लगायतको वस्तु प्रयोग नर्गन समेत अनुरोध गरेको छ ।
‘सफा नोट सभ्याताको प्रतिक हो, नोटलाई जतन गर्नु हामी सबैको कर्तव्य हो’ राष्ट्र बैंकद्धारा जारि सूचनामा यस्तो भनिएको छ । यसैगरि, राष्ट्र बैंकले यसपालीको दसैंकालागि गत साता देखि नै सबै बैंकहरुबाट दसैंका नयाँ वितरण गर्ने व्यवस्था गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।