logo

युरोपको समृद्धि ज्ञान र प्रविधि नेपाल भित्राउन ढकालको आग्रह

    785   पटक पढिएको

९ असोज/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्राउन आग्रह गरेका छन् ।
स्वीडेनमा शनिबार आयोजित गैरआवासीय नेपाली संघ, एनआरएनको युरोप क्षेत्रीय १४ औँ बैठकलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन । उनले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरेको एनआरएन युरोप समितिले जनाएको छ ।
सो बैठकमा ढकालले भने, ‘युरोप होस् या संसारका विभिन्न देशमा नेपालीहरु ज्ञान, सीप, पूँजी र प्रविधि आर्जनका लागि रहने गरेका छन्, आफ्ना यी आर्जनहरुलाई नेपाल भित्राउँ, हाम्रो देशको समृद्धि पनि धेरै टाढा छैन ।’
कतिपय एनआरएन एवं लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरण छैन भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै ढकालले भने, ‘नेपालमा लगानीको वातावरण नभएको होइन, निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले पनि आवश्यकता अनुसार सहजीकरण गर्नेछ, नेपालका लगानीको यो उचित समय पनि हो, त्यसैले नेपालमा लगानीका लागि म सबै एनआरएका साथीहरुलाई आग्रह गर्दछु ।’
अहिले आफूले आर्जन गरेको पूँजी स्वदेशका लागि र हाम्रै सन्ततिका लागि नेपालमै लगानी गर्नुपर्ने उनको आग्रह थियो ।
आफूहरु एनआरएनसँगको संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको बताउँदै बरिष्ठ उपाध्यक्ष ढकालले २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजना यस्तै संयुक्त लगानीबाट सफल भई विद्युत उत्पादन हुन थालिसकेको उदाहरण पनि पेस गरेका थिए ।

नेपालका विशेषगरी अहिले जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गरेर प्रतिफल लिन सकिने बताउँदै उनले नेपालमा लगानीका यस्ता कैयौँ सम्भावना रहेकाले यसबाट लाभ उठाउन गैरआवासिय नेपालीहरुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।