९ असोज/अर्थ र व्यापार – नेपाल खुद्रा व्यापार संघको अध्यक्षमा फेरि पवित्रकुमार बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा नरेशबाबु शाही निर्विरोध भए भने महासचिवमा अमुलकाजी तुलाधर निर्वाचित भएका छन ।
संघको शनिबार सम्पन्न ४३ औं वार्षिक साधारण सभाले बज्राचार्यको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको सचिवमा राजु मास्के , कोषाध्यक्षमा बसन्त श्रेष्ठ, सह–कोषध्यक्षमा ध्रुबप्रसाद अधिकारी निर्वाचित भएका छन ।
यसैगरि, सदस्यहरुमा शिव डंगोल, सुरज होना, दिनेश तुलाधर र विरेन्द्र सिंह निर्वाचित भएका छन् । यसअघि संघको अध्यक्षमा राजकुमार श्रेष्ठ थिए । २०७८ असारमा कोरोना संक्रमणका कारण उनको निधन भएपछि संघ नेतृत्वविहीन बनेको थियो । अहिले फेरि बज्राचार्यले संघको नेतृत्व सम्हालेका हुन ।
तपाईको प्रतिक्रिया