logo

बीमा समितिले थप तीन प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने

    797   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – बीमा समितिले थप तीनवटा प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यालय स्थापना गरिसकेको समितिले प्रदेश– १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको हो ।
जसका लागि समितिले घर÷भवन बहालमा लिन खोजेको हो । प्रदेशस्तरीय शाखा कार्यालय सञ्चालनका लागि समितिले एक सूचना जारी गर्दै घर÷भवन बहालमा लिनका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।
समितिद्वारा जारी सूचनाअनुसार न्यूनतम क्षेत्रफल २ हजार वर्गफिट भएको घर तथा भवन भएका मालिकले सूचना जारी भएको ३५ दिनभित्र सिलबन्दी पेश गर्नुपर्नेछ ।
समितिले प्रदेश –१ विराटनगर प्रदेश कार्यालयको लागि महेन्द्रचोकदेखि बरगाछी चोकसम्म र मेनरोडको दायाँबायाँ १०० मिटरसम्म भित्री सडक छोएको हुनुपर्ने जनाएको छ । गण्डकी प्रदेश कार्यालय पोखराको लागि पोखरा महानगरपालिकाको न्यूरोड, साभगृहचोक, पृथ्वीचोक र चिप्लेढुंगा वरीपरी मुख्य सडक वा सो भन्दा भित्र १०० मिटरसम्म, भित्रि सहडकले छोएको हुनुपर्ने समितिले जनाएको छ ।
यस्तै, लुम्बिनी प्रदेश बुटवल कार्यालयको लागि बुटवल नगरपालिका, मिलनचोक, चौराहा, कालीकानगर वरीपरी मुख्य सडक वा सोभन्दाभित्र १०० मिटरसम्म, भित्रि सडकले छोएको हुनुपर्ने समितिले जनाएको छ ।
शीलबन्दी प्रस्तावसँग बहालमा दिन चाहेको स्थानको पूर्ण विवरण, भवनको स्वीकृत नक्शा, निमार्ण सम्पन्न प्रमणपत्र, घरको फोटो, भवन निर्मित जग्गाको जग्गाधनी प्रमाणपत्र र मालपोत तथा जग्गाका जग्गाधनी प्रमाण्पत्र र मालपोत तथा घरजग्गा कर आव २०७८/०७९ सम्म चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपी लगायतका कागाजात तथा विवरणहरू पशे गर्नुपर्ने समितिले जनाएको छ ।
प्रस्तावित भवनमा पानी, विजुली, कम्तीमा ५ वटा गाडी र १० वटा मोटरसाईकलको लागि पार्किङ गर्ने ठाउँ भएको, कार्यालय संचालनको लागि कम्तिमा ५ वर्षको लागि उपलब्ध हुन सक्ने तथा प्रस्तावित भवन मुख्य मोटरबाटोमा जोडिएको र गाडी दोहोरो आवत जावत गर्न सक्ने लगायतका शर्तहरू समितिले राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।