logo

बीमा समितिले थप तीन प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने

    910   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – बीमा समितिले थप तीनवटा प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यालय स्थापना गरिसकेको समितिले प्रदेश– १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको हो ।
जसका लागि समितिले घर÷भवन बहालमा लिन खोजेको हो । प्रदेशस्तरीय शाखा कार्यालय सञ्चालनका लागि समितिले एक सूचना जारी गर्दै घर÷भवन बहालमा लिनका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।
समितिद्वारा जारी सूचनाअनुसार न्यूनतम क्षेत्रफल २ हजार वर्गफिट भएको घर तथा भवन भएका मालिकले सूचना जारी भएको ३५ दिनभित्र सिलबन्दी पेश गर्नुपर्नेछ ।
समितिले प्रदेश –१ विराटनगर प्रदेश कार्यालयको लागि महेन्द्रचोकदेखि बरगाछी चोकसम्म र मेनरोडको दायाँबायाँ १०० मिटरसम्म भित्री सडक छोएको हुनुपर्ने जनाएको छ । गण्डकी प्रदेश कार्यालय पोखराको लागि पोखरा महानगरपालिकाको न्यूरोड, साभगृहचोक, पृथ्वीचोक र चिप्लेढुंगा वरीपरी मुख्य सडक वा सो भन्दा भित्र १०० मिटरसम्म, भित्रि सहडकले छोएको हुनुपर्ने समितिले जनाएको छ ।
यस्तै, लुम्बिनी प्रदेश बुटवल कार्यालयको लागि बुटवल नगरपालिका, मिलनचोक, चौराहा, कालीकानगर वरीपरी मुख्य सडक वा सोभन्दाभित्र १०० मिटरसम्म, भित्रि सडकले छोएको हुनुपर्ने समितिले जनाएको छ ।
शीलबन्दी प्रस्तावसँग बहालमा दिन चाहेको स्थानको पूर्ण विवरण, भवनको स्वीकृत नक्शा, निमार्ण सम्पन्न प्रमणपत्र, घरको फोटो, भवन निर्मित जग्गाको जग्गाधनी प्रमाणपत्र र मालपोत तथा जग्गाका जग्गाधनी प्रमाण्पत्र र मालपोत तथा घरजग्गा कर आव २०७८/०७९ सम्म चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपी लगायतका कागाजात तथा विवरणहरू पशे गर्नुपर्ने समितिले जनाएको छ ।
प्रस्तावित भवनमा पानी, विजुली, कम्तीमा ५ वटा गाडी र १० वटा मोटरसाईकलको लागि पार्किङ गर्ने ठाउँ भएको, कार्यालय संचालनको लागि कम्तिमा ५ वर्षको लागि उपलब्ध हुन सक्ने तथा प्रस्तावित भवन मुख्य मोटरबाटोमा जोडिएको र गाडी दोहोरो आवत जावत गर्न सक्ने लगायतका शर्तहरू समितिले राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।