logo

‘नाडा ईभी एक्सपो–२०२२’ सुरु, गाडी आयातमा कडाईले २५% व्यवसायी पलायन: नाडा अध्यक्ष थापा

    959   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – आजदेखि राजधानीको भृकुटीमण्डपमा ‘नाडा ईभी एक्सपो–२०२२’ सुरु भएको छ । नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले आयोजना गर्न लागेको यस एक्सपोमा नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्टपुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाको भव्य प्रदर्शनी सुरु भएको हो ।
यस एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाका रूपमा सहभागी भएको छ भने युसेड क्लिन एयरले नलेज पार्टनरका रूपमा ईभी चौतारी नामक तीनदिने सूचनामूलक गोष्ठी सञ्चालन गर्ने भएको छ ।
नाडा अटोमोबाइल एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले यो एक्सपोको संचालनका बारेमा जानकारी गराएका हुन् । उनका अनुसार एक्स्पोको शीर्ष प्रायोजक सीएट टायर रहेको छ । सह प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।
नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष थापाले सरकारले गाडी आयातमा कडाइ गर्दा २५ प्रतिशत व्यवसायी पलायन भएको बताए ।
बिहीबारबाट सुरू भएको इभी एक्स्पोमा उनले यस्तो बताएका हुन् । विदेशी सञ्चिति घटेको भन्दै सरकारले गाडी आयातमा कडाइ गर्दा व्यवसायीहरूले सवारी साधन आयात गर्न नपाएको उनको गुनासो छ ।
वार्षिक १ खर्ब बराबरको सवारी साधन आयात हुँदा सरकारले ९० अर्ब राजस्वमा पाएको स्मरण गराउँदै आयात ठप्प हुँदा कर घट्नुका साथै १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष मानिसको रोजगारी जोखिममा परेको उनको दाबी छ ।
उनले आयातको क्षेत्रमा २५ प्रतिशत राजस्व ओगटेकाले सरकारले अब छिट्टै आयात खुल्ला गर्नुपर्ने उल्लेख गरे । नाडाले आयोजना गरेको इभी शोले ग्रीन नेपालको अवधारणालाई सहयोग पुग्ने उनको भनाइ छ ।
वर्तमान समयमा विद्युतीय सवारी साधनको महत्वपूर्ण दिनप्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनको बढ्दो प्रयोगले आप््mनै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक संस्था नाडाले जनाएको छ ।
विशेषगरी, वातावरणमैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गरिएको यस एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लक रहनेछन् । एक्सोमा ७ वटा ब्रान्डका चारपांग्रे, एउटा तीनपांग्रे, १६ वटा ब्रान्डका दुईपांग्रे, ३ वटा ब्रन्डका टायर, २ वटा ब्रान्डका ब्याट्री, ९ वटा पार्ट÷पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाको सहभागिता रहनेछ ।
आगामी १० असोजको घटस्थापनाको दिनबाट सुरु हुने दसैंका अवसरमा आयोजना गरिएको यो एक्सपो बिहीबारदेखि आगामी ९ असोजसम्म चल्नेछ । यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीको समष्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने आयोजक संस्था नाडाले जनाएको छ ।
एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा एवं इन्सुरेन्सका स्टलहरू रहनेछन् भने एक्स्पोसम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।
यस एक्सपोमा वरुण सुरक्षाका लागि फायर सेफ्टी सपोर्टका रूपमा हिटको प्रालि रहेको छ । वातावरण एवं ईभीसम्बन्धी व्यापक छलफल तथा सूचना प्रवाह गर्नका लागि युसेइड क्लिन एयरलेले तीन दिनसम्म ईभी चौतारी नामक गोष्ठी सन्चालन गर्नेछ । चार दिनसम्म चल्ने यस नाडा ईभी एक्स्पोमा करिब ४० हजार जना अवलोकन कर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।