१९ भदौ/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।
आइतबार एक पत्र पठाउँदै काठमाडौ महानगरपालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल ¥याडिसनको क्यासिनो ¥याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।
बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गर्दा पनि नतिर्ने सम्बन्धित संस्थाहरुको ४ वर्ष देखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ ।
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्तता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरीने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।
महानगरका राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीका अनुसार सबै कम्यासिनोहरुले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।
बागमती प्रदेशको आर्थिक ऐन अनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया