logo

अझै लम्बियो मदिरा, मोबाइल र सवारीसाधन आयातमा लगाईएको प्रतिबन्ध

    1137   पटक पढिएको

१५ भदौ/अर्थ र व्यापार – सरकारले महंगा सवारी साधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्धलाई अझै निरन्तरता दिएर आगामी केही समयसम्मका लागि लम्बाईदिएको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले यस्तो निणर्य गरेसँगै अझै विलासिताका बस्तुको रुपमा लिईएका यी चार किसिमका सामानको आयातमा लगाईएको प्रतिबन्ध आगामी २८ असोजसम्मकालागि कायम राखिएको हो ।
बढ्दो आयात घटाएर वैदेशिक मुद्रा संचितीदरको हालको अवस्थामा केही सुधार ल्याउने उपाए अनुसार सरकारले आगामी २८ असोजसम्म यस्ता विलासिताका बस्तु आयातमा लगाईएको प्रतिवन्धलाई निरन्तरता दिने निर्णय गरेको हो ।
यसअघि सरकारले विभिन्न १० वटा प्रकारका वस्तुमा आयात प्रतिवन्ध लगाएको थियो । अहिले सरकारले यी चार किसिमका बाहेक अन्य ६ प्रकारका विलासिताका वस्तुहरुको रुपमा हेरिएको खाद्य पदार्थ लगायक सबै आयातको प्रतिवन्ध खुला गरिदिएको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले र्कुकुरे, र्कुमुरे, लेज लगायतका अन्य विलासिताका उत्पादनजन्य बस्तुहरु चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।
मुलुकमा विदेशी मुद्राको सञ्चितिदर ह्वात्तै घटेपछि सरकारले गत १३ बैशाखदेखि महंगा मदिरा, सवारीसाधन, आइफोन तथा मोबाइल लगायत विभिन्न १० वटा बस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
त्यतिबेला यस्ता महंगा विलासिताका बस्तुहरुको आयातमा कडाई गर्दै लगाईएको आयात प्रतिबन्धका कारण वैदेशिक मुद्रा सञ्चितिदर बढेर हाल ९ अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ । जसले झन्डै ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था बनाईदिएको छ ।
सरकारले गत १३ बैशखदेखि सुरु गरेको यस्ता विलासिताका बस्तुहरुको आयातमा लगाईएको प्रतिबन्धलाई गत ३१ असारदेखि झन कडा बनाउँदै १४ भदौसम्म कायम हुने निर्णय गरेको थियो । मंगरबार पछिल्लो निणर्यको समय अवधी समाप्त हुनुभन्दा एकदिन अघि नै सरकारले गत सोमबार पुनः यस्तो नयाँ निणर्य गरेको हो ।
नजिकिएको दसैं तिहार र छठपर्व लगायतको चाडपर्वलाई लक्षित गर्दै सरकारको पछिल्लो पटक आयातलाई केही खुकुलो बनाउने निणर्य गरेसँगै अब त्यस्तो प्रतिबन्ध जम्मा ४ वटा बस्तुमा मात्र कायम रहेको छ ।
अझै आगामी २८ असोज दसैंपछिसम्म कायम राखिएका विभिन्न ४ प्रकाका विलासिताका वस्तुको आयात प्रतिबन्धको यसअघिको निणर्यलाई केही खुकुलो बनाएको सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै यि ४ प्रकारका वस्तुको आयात लम्ब्याएको हो ।
यसअघि प्रतिवन्ध लगाईएका १० मध्ये अन्य ६ प्रकारका विलासिताका वस्तुको आयात खुलाइएको छ ।
सरकारको पछिल्लो यो निणर्यसँगै अझै महंगा जीप, कार, भ्यान लगायत सवारी साधन, १५० सीसी भन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलर भन्दा माथिका आइफोन एवं स्मार्टफोनहरु र विदेशी मदिराको आयातको प्रतिवन्ध आगामी दसैंपछिसम्म कायम रहने छ ।
विशेषगरि तिहारमा बढी खपत हुने विदेशी मंहगा मदिराको आयातलाई भने सरकारले आगामी निणर्यमा खुलाउन सक्ने अनुमान गरिएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।