logo

अझै लम्बियो मदिरा, मोबाइल र सवारीसाधन आयातमा लगाईएको प्रतिबन्ध

    1391   पटक पढिएको

१५ भदौ/अर्थ र व्यापार – सरकारले महंगा सवारी साधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्धलाई अझै निरन्तरता दिएर आगामी केही समयसम्मका लागि लम्बाईदिएको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले यस्तो निणर्य गरेसँगै अझै विलासिताका बस्तुको रुपमा लिईएका यी चार किसिमका सामानको आयातमा लगाईएको प्रतिबन्ध आगामी २८ असोजसम्मकालागि कायम राखिएको हो ।
बढ्दो आयात घटाएर वैदेशिक मुद्रा संचितीदरको हालको अवस्थामा केही सुधार ल्याउने उपाए अनुसार सरकारले आगामी २८ असोजसम्म यस्ता विलासिताका बस्तु आयातमा लगाईएको प्रतिवन्धलाई निरन्तरता दिने निर्णय गरेको हो ।
यसअघि सरकारले विभिन्न १० वटा प्रकारका वस्तुमा आयात प्रतिवन्ध लगाएको थियो । अहिले सरकारले यी चार किसिमका बाहेक अन्य ६ प्रकारका विलासिताका वस्तुहरुको रुपमा हेरिएको खाद्य पदार्थ लगायक सबै आयातको प्रतिवन्ध खुला गरिदिएको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले र्कुकुरे, र्कुमुरे, लेज लगायतका अन्य विलासिताका उत्पादनजन्य बस्तुहरु चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।
मुलुकमा विदेशी मुद्राको सञ्चितिदर ह्वात्तै घटेपछि सरकारले गत १३ बैशाखदेखि महंगा मदिरा, सवारीसाधन, आइफोन तथा मोबाइल लगायत विभिन्न १० वटा बस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
त्यतिबेला यस्ता महंगा विलासिताका बस्तुहरुको आयातमा कडाई गर्दै लगाईएको आयात प्रतिबन्धका कारण वैदेशिक मुद्रा सञ्चितिदर बढेर हाल ९ अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ । जसले झन्डै ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था बनाईदिएको छ ।
सरकारले गत १३ बैशखदेखि सुरु गरेको यस्ता विलासिताका बस्तुहरुको आयातमा लगाईएको प्रतिबन्धलाई गत ३१ असारदेखि झन कडा बनाउँदै १४ भदौसम्म कायम हुने निर्णय गरेको थियो । मंगरबार पछिल्लो निणर्यको समय अवधी समाप्त हुनुभन्दा एकदिन अघि नै सरकारले गत सोमबार पुनः यस्तो नयाँ निणर्य गरेको हो ।
नजिकिएको दसैं तिहार र छठपर्व लगायतको चाडपर्वलाई लक्षित गर्दै सरकारको पछिल्लो पटक आयातलाई केही खुकुलो बनाउने निणर्य गरेसँगै अब त्यस्तो प्रतिबन्ध जम्मा ४ वटा बस्तुमा मात्र कायम रहेको छ ।
अझै आगामी २८ असोज दसैंपछिसम्म कायम राखिएका विभिन्न ४ प्रकाका विलासिताका वस्तुको आयात प्रतिबन्धको यसअघिको निणर्यलाई केही खुकुलो बनाएको सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै यि ४ प्रकारका वस्तुको आयात लम्ब्याएको हो ।
यसअघि प्रतिवन्ध लगाईएका १० मध्ये अन्य ६ प्रकारका विलासिताका वस्तुको आयात खुलाइएको छ ।
सरकारको पछिल्लो यो निणर्यसँगै अझै महंगा जीप, कार, भ्यान लगायत सवारी साधन, १५० सीसी भन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलर भन्दा माथिका आइफोन एवं स्मार्टफोनहरु र विदेशी मदिराको आयातको प्रतिवन्ध आगामी दसैंपछिसम्म कायम रहने छ ।
विशेषगरि तिहारमा बढी खपत हुने विदेशी मंहगा मदिराको आयातलाई भने सरकारले आगामी निणर्यमा खुलाउन सक्ने अनुमान गरिएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।