१ भदौ/अर्थ र व्यापार – अर्थसचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रुपमा सपथ ग्रहण गरेका छन् ।
उनलाई बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सपथ खुवाएका हुन् ।
यसअघि अर्थ मन्त्रालयको राजश्व सचिवमा रहेका पुष्कर गत २६ साउनमा अर्थसचिवमा सरुवा भएका थिए । अर्थसचिव राष्ट्र बैंकमा सञ्चालक समिति सदस्य रहने प्रावधान छ । सोही प्रावधान अनुसार उनले बुधबार यस्तो सपथ लिएका हुन ।
तपाईको प्रतिक्रिया