logo

पर्साको तिलावे पुल उद्घाट, ग्रामीण क्षेत्रको आवागमन सहज

    1275   पटक पढिएको

२९ साउन/ अर्थ र व्यापार – पर्सा जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइले सो पुल उद्घाटन गरेका हुन्।
साढे सात करोड रुपैयाँको लागतमा १०० मीटर लम्बाइ र ७ मीटर चौडाईको पुल निर्माण भएको हो । यो पुल तीन वर्षमा निर्माण सक्ने गरी २०७२ सालमा ठेक्का लागेको थियो । पप्पु /लुम्बिनी जेभीले यो पुल निर्माण गरेका हुन् ।
यो पुल सञ्चालनमा आएसँगै पर्साको ग्रामीण क्षेत्र र सदरमुकाम वीरगञ्जको आवागमन सहज भएको छ । यो पुल सञ्चालनमा आउनुअघि पुरानो र साँघुरो पुलबाट सवारीका साधन आउजाउ हुने गरेको थियो ।
साँधुरो पुलबाट दैनिक सयौं सवारी साधन आउजाउ हुँदा पुलमै घण्टौं ट्राफिक जाम हुँदै आएकोमा अब पर्साका बासिन्दालाई सो समस्याबाट मुक्ति मिलेको छ । पर्साको मुख्य मार्गको रुपमा रहेको हुलाकी सडकमा निर्मित यो पुल सञ्चालनमा आएसँगै पर्साका बासिन्दा खुशी भएका छन् ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यतामा भएको पुल उद्घाटन कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादव पर्सा क्षेत्र नं. ३ का सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता थियो ।
पुलको ९० प्रतिशत काम पूरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले बताएको छ । सम्पर्क सडक र नदी तटबन्धनको कार्य बर्खा सकिएलगत्तै शुरु हुने पनि आयोजनाले जनाएको छ । अहिले सम्पर्क सडक बनाउँदा भर्खरै हालिएको माटो भासिने र नदीमा पानी बढी भएकाले तटबन्धन गर्न नमिल्ने बताइएको छ ।
२०७२ साल २५ जेठमा पुल निर्माणको सम्झौता भएकोमा आयोजनाले नक्सा स्वीकृतिमै ३ वर्ष समय लगाएको थियो । जब कि,३ वर्षमा पुल निर्माण गरिसक्ने सम्झौता थियो । २०७५ मा काम शुरु भएको थियो । सोही कारण यो पुल निर्माणमा ढिलाई भएको हो ।
पुल निर्माणका लागि साविक पुलबाट आवागमन बन्द गर्नुपर्नेमा डाइभर्सन निर्माणमा पनि ढिलाई भएको थियो । आयोजनाले २०७५ फागुन २३ मात्रै डाइभर्सन निर्माणको कार्यादेश स्वीकृति दिएको थियो ।
डाइभर्सन तयार भएपछि २०७६ बैशाखबाट कामले गति लिएको निर्माण कम्पनीले बताएको छ । यसबीचमा परेको कोरोना महामारी र निर्माण सामग्रीको अभावजस्ता समस्याले पनि पुल निर्माण कार्यको गति प्रभावित भएको आयोजना कार्यालयका प्रमुख दरोगा साहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।