२७ चैत/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक अन्य विलासिताका बस्तुहरु आयतामा एलसी खोल्न बन्द गरेसँगै अब बैंकहरुमा लगानीयोग्य रकम बढ्दै जाने सम्भावना बढेको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।
नयाँ एलसी नखोलिएपछि व्यापारको पैसा बैंकिंग च्यानलमा आउने सम्भावना बढेको देखिन्छ । बजारबाट उठ्नुपर्ने रकम उठेसँगै त्यो पैसाले एलसी खोल्न नपाएपछि व्यापारीले बैंकमा वा सेयर बजारमा लगानी गर्ने सम्भावना देखिने उनीहरुको अनुमान छ ।
अहिले धेरै वस्तुको आयात रोकिएको छ । तर, देशभित्र व्यापारीले उधारोमा सामान दिएका हुन्छन्, त्यसको भुक्तानी दिनदिनै हुन्छ । विगतमा त्यसरी उठेको पैसा एलसी खोल्नमा खर्च हुन्थ्यो भने अहिले एलसी बन्द गरे पछि सो रकम बैंकिग च्यानल वा सेयर बजारमा आउने ठूला लगानीकर्ताहरु एवं सरोकारवालाहरुले बताएका छन ।
पछिल्लो समय मुलुकमा अत्यधिक मात्रामा आयात बढेर देसलाई आवस्यक वैदेशिक मुद्रा संचितीको अवस्था एकदमै नाजुक भएपछि राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन एलसी खोल्न बन्द गरेको हो । तर, देशभित्र उठेको रकम सेयर बजारमा लगानी हुने सम्भावना रहेको ठूला लगानीकर्ताको भनाई छ ।
उनीहरुका अनुसार दैनिक ९ देखि १० अर्ब रुपैयाँ उठ्न सक्छ । अहिले बजारमा डेढ खर्ब रुपैयाँ उधारो भएको अनुमान छ । त्यसको डेढ प्रतिशत मात्रै उधारो उठ्दा पनि १० अर्बमाथि उठ्छ । सो रकम बैंकमा राखेर ब्याज खाने वा सेयरमा लगानी गर्ने सम्भावना छ । बैंकमै सो रकम राखियो भने पनि बैंकमा लगानीयोग्य रकम उपलब्ध हुन्छ । बैंकमा लगानीयोग्य रकम उपलब्ध हुनु भनेको सेयर बजारलाई सकारात्मक सन्देश प्रवाह हुनु हो ।
व्यापारीले उधारोको रुपमा ठूलो रकम बजारमा फ्यालेका छन् । सामान आउने मुहान बन्द भए पनि धेर थोर रुपमा रकम उठ्छ । उठेको रकममध्ये ६० प्रतिशत सेयर बजारमै लगानीको रुपमा जाने देखिन्छ ।
कतिपय व्यापारीले बैंकले महँगो ब्याजदरमा निक्षेप संकलन गरेकाले त्यतातिर राख्न सक्छन् । बैंकमा राखेको रकम पनि कही न कही लगानीकै रुपमा बाहिर आउँछ । त्यसबाहेक दैनिक ६ अर्ब रुपैयाँ सेयर बजारमै फर्किन सक्ने देखिन्छ । गाडी, इलेक्ट्रोनिक्स आइटम, कस्मेटिक सामान, लत्ताकपडा, चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट,
सूर्तिजन्य वस्तु, परफ्यूम, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदर बाट मात्रै दैनिक १० अर्ब रुपैयाँ संकलन हुने उनीहरुको अनुमान छ ।
यसैगरि,उनीहरुले ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्री, माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्ट, कफी, चिया, गाईवस्तुको दाना, शरीरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामाग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुंगा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसनको एलसी खुल्दैनन् । तर, ती सामान उधारोको रुपमा बजारमा रहेको र त्यसबाट मात्रै दैनिक १० अर्ब रुपैयाँ उठ्न सक्ने देखिएको सम्बन्धीत व्यापारी तथा सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।
तपाईको प्रतिक्रिया