२५ चैत/अर्थ र व्यपार – पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारको बिशेष पहलमा पोखरिया नगरपालिका भित्रका विभिन्न सडक निर्माण हुने भएको छ । पोखरीया नगरपालिका वडा नम्बर १ बनकटवा , वडा नम्बर ५ सतवरिया , वडा नम्बर ६ श्रीसियामा २० करोडको लागतमा सडक निर्माण हुने भएको छ ।
सो सडक निर्माण गर्नको लागी पटक पटक भौतिक पूर्वाधार मन्त्रालय र सम्बन्धित निकाय संग छलफल गरी अथक प्रयास गर्दा अनन्त यो सडक निर्माण हुने भएको सांसद रौनियारले बताए ।
अथक प्रयासका कारण सडक बिभाग हेटौडाले यो सडकको टेन्डर आहवान गरी निर्माण गर्न लागेको सांसद रौनियारले बताए । सडक निर्माण भएपछी यस भेगका जनतालाई सहज हुने अपेक्षा गरिएको बताउँदै उनले एक सांसद एक रणनीतिक कार्यक्रम अन्तर्गत यो सडक निर्माण हुने जानकारि दिए । रौनियारको यस्तो प्रयासले अहिले त्यहाँका स्थानीयवासी निकै खुसी भएका छन ।
तपाईको प्रतिक्रिया