logo

जीवन बीमा कम्पनीहरुले संकलन गरे ९२ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क

    548   पटक पढिएको

२१ चैत / अर्थ र व्यापार – सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको वितेका आठ महिनामा संकलन भएको सो रकम गत आर्थिक वर्षको यसै अवधिमा संकलन भएको बीमाशुल्कको तुलनामा १२ दशमलब १७ प्रतिशतले बढी हो । यस अवधिमा प्रथम बीमा शुल्क मात्रै २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ । नविकरण बीमा शुल्क ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको फागनु मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेका थिए । बैंकिंङ प्रणालीमा देखिएको तरलता अभावकाबीच पनि जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलनमा भने आकर्षक बढोत्तरी देखिएको छ ।
२०७८ सालको फागुन महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८ अर्ब १ करोड ९८ लाख रूपैयाँ नविकरण बीमाशुल्क गरि कुल १० अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
जीवन बीमा कम्पनीहरु मध्ये १८ वटाले बीमा शुल्क संकलन बढाउँदा गुराँस लाइफ इन्स्योरेन्सको भने घटेको छ । सबैभन्दा धेरै प्रतिशतले व्यवसाय बढाएको सन नेपाल लाइफको सर्वाधिक ९३ दशमलब २० प्रतिशतले बीमाशुल्क संकलन बढेको छ । यसैगरि,गुराँस लाइफको २२ प्रतिशतले घटेको छ ।
सिटिजन्स लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु इन्स्योरेन्स र आइएमई लाइफले गत फागुनको तुलनामा ३० प्रतिशत बढी व्यवसाय बढाएका छन् । यस्तै प्राइम, सानिमा, युनियन, ज्योति, नेशनल र एशियन लाइफको पनि दोहोरो प्रतिशतले बीमाशुल्क संकलन बढेको छ । सूर्या, रिलायन्स, नेपाल लाइफ, राष्ट्रिय बीमा, एनआईसी, मेट लाइफको बीमाशुल्क संकलन सिंगल डिजिटमा बढेको छ । सबैभन्दा थोरै बढेको मेट लाइफको १ दशमलब ७९ प्रतिशतले बढाएको छ ।

यस्तो छ अवस्था
१. नेपाल लाइफः २३ अर्ब ९३ करोड १२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १९ अर्ब ५४ करोड ६० लाख रुपैयाँ, प्रथम बीमा शुल्क ४ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ)
२. लाइफ इन्स्योरेन्स कर्पोरेसनः ११ अर्ब ११ करोड ७७ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ९ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ, प्रथम बीमा शुल्क १ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ)
३. नेशनल लाइफ इन्स्योरेन्सः ९ अर्ब १ करोड ३७ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ६ अर्ब १६ करोड ७० लाख रुपैयाँ, प्रथम बीमाशुल्क २ करोड ८४ लाख ६७ हजार रुपैयाँ)
४. राष्ट्रिय बीमा संस्थानः ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ७० करोड ५८ लाख ९३ हजार रुपैयाँ)
५. युनियन लाइफ इन्स्योरेन्सः ५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ३ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ)
६. एशियन लाइफ इन्स्योरेन्सः ४ अर्ब ५४ करोड २७ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ३ अर्ब २४ करोड ९२ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब २९ करोड ३४ लाख रुपैयाँ)
७. मेट लाइफ इन्स्योरेन्सः ३ अर्ब ५७ करोड २९ लाख रुपैयाँ (नविकरण बीमा शुल्क २ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब ६६ लाख रुपैयाँ)
८. सिटिजन लाइफ इन्स्योरेन्सः ३ अर्ब ४८ करोड १८ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब ६३ करोड ५८ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ)
९. प्राइम लाइफ इन्स्योरेन्सः ३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क २ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ८६ करोड १७ लाख २९ हजार रुपैयाँ)
१०. सूर्या लाइफ इन्स्योरेन्सः ३ अर्ब २२ करोड ७३ लाख रुपैयाँ (नविकरण बीमा शुल्क २ अर्ब २ करोड ४४ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब २० करोड २९ लाख रुपैयाँ)
११. सन नेपाल लाइफः २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ७० करोड ५८ लाख ९३ हजार रुपैयाँ)
१२. रिलायबल नेपाल इन्स्योरेन्सः २ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ९८ करोड १५ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब ६८ करोड ७६ लाख ८२ हजार रुपैयाँ)
१३. ज्योति लाइफ इन्स्योरेन्सः २ अर्ब ३४ करोड १० लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब १२ करोड ३४ लाख ४० हजार रुपैयाँ)
१४. आइएमई लाइफ इन्स्योरेन्सः २ अर्ब १४ करोड ४२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब २६ करोड ८ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ८८ करोड ३३ लाख ८६ हजार रुपैयाँ)
१५. गुराँस लाइफ इन्स्योरेन्सः २ अर्ब ८ करोड ७४ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ४५ करोड ४१ लाख ९३ हजार रुपैयाँ)
१६. रिलायन्स लाइफ इन्स्योरेन्सः १ अर्ब ८६ करोड ११ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ७० करोड ५८ लाख ९३ हजार रुपैयाँ)
१७. सानिमा लाइफ इन्स्योरेन्सः १ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ७९ करोड ६७ लाख १३ हजार रुपैयाँ, प्रथम बीमाशुल्क ७४ करोड १ लाख ५२ हजार रुपैयाँ)
१८. प्रभु लाइफ इन्स्योरेन्सः १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ६२ करोड ९१ लख ८८ हजार रुपैयाँ, प्रथम बीमाशुल्क ६९ करोड ६६ लाख १६ हजार रुपैयाँ)
१९. महालक्ष्मी लाइफ इन्स्योरेन्सः ९३ करोड २९ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ४५ करोड ५२ लाख २९ हजार रुपैयाँ, प्रथम बीमाशुल्क ४७ करोड ७७ लाख ६ हजार रुपैयाँ)

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।