logo

आन्तरिक तथा वैदेशिक लगानी प्रवद्धनमा महासंघ र लगानी बोर्डबीच समझदारी

    1006   पटक पढिएको

१३ चैत/अर्थ र व्यापार – आन्तरिक तथा वैदेशिक लगानी प्रवद्धनकालागि नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वैदेशिक लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले महासंघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितीमा भएको सो समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गरेका हुन्। सहमति अनुसार महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्ष स्थापना गरिने छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगकासाथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग हुनेछ ।
समझदारी अनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रिय रुपमा आफनो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ । यसैगरी, महासंघले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी सडक प्रदर्शनका अतिरिक्त महत्वपूर्ण गतिविधि गर्ने बताईएको छ ।
त्यसैगरी, लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् । यस्तै, प्रत्यक्ष वैदेशिक लगानी एवम् अन्य लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालिम आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग गर्ने छ ।
महासंघले लगानी प्रवद्र्धनका लागि तयार पार्ने दस्तावेजमा बोर्डले सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानीसम्बन्धी तथ्यांक, प्रतिवेदन, संयुक्तरुपमा तयार पारिएका अन्य प्रतिवेदन, बाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसर र सार्वजनिक निजी साझेदारीमा लगानीसम्बन्धी नीति पैरवीलगायतमा सहयोग तथा सहकार्य आदान प्रदान गर्नेछन् ।
महासंघले लगानीका अवसरसम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी,परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछ । सो अवसरमा बोर्डका उपाध्यक्ष एव अर्थमन्त्री शर्माले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवद्र्धनका लागि बोर्ड तथा महासंघबीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतिका दफालाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।
सहमतिबाट सिंगो राष्ट्र नै लाभान्वित हुने उल्लेख गर्दै उनले सरकारले आन्तरिक एवं बाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको तथा लगानीका लागि आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुुझाव दिए । लगानीका लागि गरिएको प्रतिबद्धता अनूरुप लगानी आउन नसक्नुका पछाडी मिहिन ढङ्गले अध्ययन गरी प्रतिबद्धता अनुरुपको अधिकतम लगानी भित्राउन सरकार लागेको पनि उनले बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासङ्घबीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्यपश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक शुरुवात भएको भन्दै सहमतिलाई सफल पार्न बोर्डले कुनै कसर बाँकी नराख्ने र महासङ्घबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरे।
यसैगरि, उनले दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं वैदेशिक लगानी प्रवद्धनका माध्यमबाट आम नेपालीको मुहार खुशी बनाउनुु नै रहेकाले यसलाई अधिकतमरुपमा सफल पार्नेमा नै केन्द्रित रहेको बताए ।
महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवद्र्धनमा समझदारी कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । यसैगरि, महासंघ अध्यक्ष गोल्छाले समझदारीले लगानी बोर्डसँग लगानी प्रवद्र्धनमा सहकार्य गर्ने ढोका खुलेको बताए।
सो कार्यक्रममा बोर्डका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र बोर्डका सहसचिव भगवान अर्यालले बोर्ड तथा महासंघबीचको समझदारीबाट मुुलुकभित्र लगानी प्रवद्र्धनका लागि एउटा नयाँ अध्यायको शुरुवात भएको भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।