logo

विश्व बैंकले १८ अर्ब ३० करोड सहुलियत ऋण उपलब्ध गराउने

    1087   पटक पढिएको

११ चैत/अर्थ र व्यापार– विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड (१५ करोड अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण प्रदान गर्ने भएको छ । नेपालको वित्तिय क्षेत्रका कमी कमजोरीहरुलाई सुधारी वित्तिय क्षेत्रलाई थप समावेशी एवं बलियो बनाउनकालागि विश्व बैंकले सो सहयोग उपलब्ध गराउने जनाएको छ ।
नेपालको वित्तिय क्षेत्रको स्थायीत्व सुदृढ गर्न, वित्तिय समस्याका समाधानहरुमा विविधता ल्याउन र वित्तिय सेवा–सुविधाहरुमा सहजताका साथै पहुँच बढाउन ‘फाइनान्स फर ग्रोथ’ अर्थात् ‘विकासका लागि वित्त’ नामक विकास योजना अन्तर्गत विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर प्रदान गरेको छ ।
‘विकासका लागि वित्त’ योजनाले वित्तिय क्षेत्र सुदृढ गरी, समावेशीता बढाइ गरिबीको रेखामा रहेका तथा उत्पीडनमा परेका मानिसहरु सम्म वित्तिय पहुँच पु¥याई, नेपालको वित्तिय स्वस्थ र बलियो बनाउने विश्व बैंकका माल्दीभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद–र्जभोसले जानकारी दिएका छन् ।
यस योजनाले नेपालको बैंकिङ क्षेत्रको सुपरीवेक्षण गरी कोभिड–१९ संक्रमणका कारण उत्पन्न बैंकिङ समस्याहरुलाई कसरी न्युनिकरण गर्ने भन्ने बारेमा काम गर्ने छ । यस योजनाले थप बीमा कम्पनी, क्यापिटल लगायतका जोखिम कम गर्ने कम्पनीहरुको स्थापना गरी वित्तिय क्षेत्रमा परिवर्तन ल्याउन सहयोग गर्ने छ ।
यस परियोजनाले नेपाल सरकारले अघि सारेको वित्तीय क्षेत्र सुधार तथा रुपान्तरणको एजेन्डालाई समर्थन गर्दै जलवायु सम्बन्धी जोखिमहरू विरुद्ध वित्तीय क्षेत्रलाई लचिलो बनाई वित्तिय क्षेत्रमा थप स्थिरता कायम गर्ने परियोजनाका लागि विश्व बैंक टास्क समूह प्रमुख पिटर मौस्लीले बताए । उनले यस योजनाले वित्तिय क्षेत्रलाई कम बैंक केन्द्रित बनाउन, निजी लगानीलाई परिचालन गर्न र थप समावेशी वित्तीय क्षेत्रको बलियो जग बसाउन पनि सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।