logo

खरिद नियमावली एघारौं संशोधनका केही प्राविधिक त्रुटि सच्याउने अर्थमन्त्री शर्माको आश्वासन

    1739   पटक पढिएको

१० चैत/अर्थ र व्यापार – अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनमा रहेका केही प्राविधिक त्रुटिहरू संच्याउने आश्वासन दिएका छन ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले एघारौं संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन दिएका हुन ।
उनले निर्माण व्यवसायीसँग सहकार्य गरी सरकार भौतिक पूर्वाधार विकास निर्माणको कार्यमा अद्दि बढ्ने बताए । काठमाडौमा सम्पन्न २३ औं साधारण सभा तथा १२ औं अधिवेशनको काठमाडौं घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनका विषयमा जानकारी गराउन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेटेको थियो ।
मन्त्री शर्माले समयमै काम सकेर पूजिँगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन व्यवसायीलाई आग्रह गरे । महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै उनले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।
महासंघ प्रतिनिधिमण्डलले अत्याधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत् मुल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री शर्मा समक्ष आग्रह गरेको छ ।
महासंघ प्रतिनिधिमण्डलले बुधबार नै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग पनि भेट गरेको थियो । मन्त्री झाँक्रीले खरिद नियमावलीको संशोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने भन्दै खरिद ऐन÷कानुनमै संशोधन आवश्यक भएको धारणा राखिन । गलत नीति नियमका कारण निर्माण व्यवसायीहरूले सास्ती खेप्नु परेको भन्दै मन्त्री झाँक्रीले निर्माण कार्यमा समस्या देखिने बित्तिकै निर्माण व्यवसायीलाई दोष थुपार्ने प्रवृत्ति गलत भएकाले सरकारी तहबाटै योजना छनौटदेखि नै गलत अभ्यास हुने गरेको बताईन ।
स्वदेशमा सञ्चालित ठूल—ठूला परियोजनामा विदेशी व्यवसायी आवश्यक नभएको भन्दै उनले समयमा नै गुणस्तरीय काम सक्ने सर्तमा व्यवसायीलाई अहिले भन्दा बढी मोबिलाइजेशन खर्च दिनुपर्नेमा जोड दिइन् ।
झाँक्रीसँग पनि महासंघ प्रतिनिधिमण्डलले अत्याधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत् मुल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री झाँक्री समक्ष आग्रह गरेको छ ।
अध्यक्ष सिंहको नेतृत्वमा गएको महासंघको सो प्रतिनिधिमण्डलमा महासंघका महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, सहकोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू अशोक केसी, राजकुमार बस्ताकोटी, कार्यालय प्रमुख प्रेमसिंह ऐर र जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।