logo

निजी क्षेत्रका समस्या समाधानकालागि सामूहिक आवाज उठाउनुपर्नेमा बस्तुगत संघका व्यवसायीको जोड

    761   पटक पढिएको

९ चैत/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बस्तुगत संघका पदाधिकारीहरूले आफना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न महासंघसमक्ष आग्रह गरेका छन ।
महासंघको वस्तुुगत परिषद्द्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको बधाई एवं शुुभकामना आदान प्रदान कार्यक्रममा सहभागी बस्तुगत संघका अध्यक्षहरूले यस्तो आग्रह गरेका हुन्।
हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुुगत सदस्य संघहरु नेपाल निर्यात परिषद्, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल वोटलवाटर उद्योग संघ, नेपाल मुद्रा विप्रेषक संघ, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन, नेपाल र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष एवं पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच स्वागत एवं वधाई दिइएको थियो ।
कार्यक्रममा आफना क्षेत्रका वारेमा कुरा राख्दै निर्यात परिषदका अध्यक्ष रेशमबहादुर पोखरेलले वस्तु विकास गरौं र निर्यात बढाऔं भन्ने कुरालाई एक अभियानका रुपमा अगाडी लैजान एक्लै नसकिने हुंदा यसमा महासंघको वलियो साथ आफ्नो संस्थाले खोजेको बताए । उनले कच्चा पदार्थमा लाग्ने भन्सार महसूल, चर्को बैंक व्याजदर, ट्रान्जिटका लागि पाउने सुविधाहरू लगायतका विषयहरूमा पनि महासंघले पहल गरिदिन आग्रह गरे ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्ना हक, हितको संरक्षण एवं समस्याहरूको समाधान गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले महासंघको साथ एवं सहयोग जरुरी भएको बताए । हाल निर्माण सामाग्रीमा भएको मूल्य बृद्धिलाई सम्बोधन गर्न सरकारसंग अनुरोध गरिएको र यसमा नेपाल उद्योग वाणिज्य महासंघको पहलको आवश्यकता रहेकोमा जोड दिए ।
नेपाल बोटलवाटर उद्योग संघका महासचिव गोकुल थापाले उद्योग संचालन गरेवापत फौजदारी अभियोगमा मुद्दा खेप्नु परेको अवस्था रहेकाले समस्या समाधानमा महासंघले पहलगर्नुपर्ने सुुझाव राखे । हाल राष्ट्रिय सभामा रहेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक जस्ताको तस्तै पारित भए मुलुकभित्र खाद्यसंग सम्बन्धी कुनै पनि उद्योग व्यवसाय गर्न नसकिने अवस्था आउने बताए । उनले यतिखेर पानी उद्योगीहरू चौतर्फी समस्या रहेको पनि बताए ।
यसैगरि, महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले महासंघसंगको सहकार्यले महिला उद्यमी महासंघ, नेपालले उचाई लिन सफल भएको बताईन ।
नेपाल विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले विपे्रषण भित्राउन निजी क्षेत्रको ठूला भूमिका रहेकाले यसलाई सबल बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सुुझाव राखे । अर्थतन्त्रको महत्वपूर्ण आधार रेमिट्यान्स क्षेत्रलाई सरकारले महत्व दिन थालेको उनको भनाई थियो । उनले सरकारले दिने सानो सेवा सुविधा पनि यो क्षेत्रका लागि ठूलो अवसर हुने भएकाले यस किसिमका धेरै कुराहरूमा महासंघसंग सहकार्य गरी अघि बढ्नुु पर्नेमा जोड दिए ।
रेष्टुरेन्ट एण्ड वार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले दैनिक १०÷१२ करोडको कारोबार हुने रेष्टुरेन्ट एण्ड वार व्यवसायलाई सरकारले उद्योगको मान्यता नदिएकोमा दुखेसो पोखे । कतिपय समयमा सरकारको कमजोर नीतिगत निर्णयका कारण श्रमिक र रोजगारदाता बीचको सम्बन्धमा यदाकदा समस्या आउने गरेको उनको भनाई थियो । उनले सदस्यहरूका समस्यालाईसमयमै संवोधन गर्न पनि महासंघलाई आग्रह गरे ।
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले पशुपंक्षीको औषधि व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरू समस्यै समस्याको भूमरीमा फसेको अनुभूती भएकाले महासंघको ठूलो साथ र सहयोगको खाँचो रहेको बताए । सरकारका सम्बन्धित निकायहरूबीच सहकार्य एवं सामन्जस्यता नहुंदा निजी क्षेत्र मर्कामा परेको भन्दै पशुपंक्षीको सुरक्षाका औषधिहरूमा लाग्ने कर छुट हुनु पर्ने, औषधि ऐन २०३५ को तत्काल खारेज गरी नयां ऐन ल्याउनुु पर्नेमा जोड दिए।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सदस्यहरूका समस्या समाधान र नीतिगत सुुधारमा महासंघ सधै सदस्यहरूसंगै रहेको बताए । अनपेक्षित रूपमा ब्याज दर वृद्धि भैरहेकाले उद्योगी व्यवसायीहरूमा मर्का परेको उनले बताए । विद्यमान तरलता र ब्याजदर वृद्धिको समस्यामा निजी क्षेत्रको सामूहिक आवाज आउनुु पर्ने धारणा राखे ।
वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले सदस्य संघहरुलाई महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । सभापति श्रेष्ठले भने, ‘यहांहरूलाई परेका पीर, मर्का एवं समस्याहरुको सम्बोधनका लागि महासंघ हातमा हात एवं साथमा साथ रहेर अघि बढ्न प्रतिवद्ध छ ।’ नेपाल सरकारमा उद्योगी व्यवसायीहरूप्रति हेर्ने दृष्टिकोण कहिल्यै परिवर्तन नभएको आभाष भएको पनि उनले दुःखेसो गरे।
सरकारले उद्योग व्यवसायसंग सम्बन्धित २ दर्जनभन्दा बढि ऐनहरू परिमार्जन ग¥यो तर यसमा उद्योगी व्यवसायीहरूलाई दण्ड र संजायका कुराहरुमा मात्र बढी जोड दिइएको देखियो । यसमा हामीले आवाज उठाउनै पर्छ । साना तथा मझौला उद्यम व्यवसायीहरूका लागि वित्तिय पहुंचमा सहजता पु¥याउन महासंघले नेपाल राष्ट्र बैंकसंग पहल गर्दै आएको पनि उनले जानकारी गराए । उनले स्वदेशी वस्तुको प्रयोग गर्ने सरकारकोे नीतिको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिए ।
महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाईले व्याज दरको बृद्धि, रेमिट्यान्समा गिरावट, मुद्रा संचिति घट्दै जांदा अर्थतन्त्र दवावमा रहेको र त्यसको प्रत्यक्ष प्रभाव उद्योगी व्यवसायीमा समेत परेकाले महासंघले समस्या समाधानमा निरन्तर पहल गर्दै आएको जानकारी गराए। उनले संघहरूका क्षेत्रगत समस्या समाधानमा महासंघले सधै उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।