logo

निर्माण व्यवसायीले गरे ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी

सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनप्रति पनि आपत्ति

    1307   पटक पढिएको

६ चैत /अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ ।
पछिल्लो चार/पाँच महिनायता भएको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या भएको भन्दै महासंघले सरकारलाई दबाब दिन ‘कन्ट्रक्सन होलिडे’ मनाउनुपर्ने अवस्था आएको चेतावनी दिएको हो ।
निर्माण व्यवसायीले जुवा खेल्नका लागि यो व्यवसायमा नलागेको बताउँदै महासंका अध्यक्ष रवि सिंहले भने, ‘चार महिनामै दुई गुणा मूल्यवृद्धि भएपछि कसरी विकास निर्माणको काम अघि बढ्छ ?’
यसरी सरकारको ध्यानाकर्षण गराउँदा पनि अझै व्यवसायीको मागप्रति सरकार गम्भीर नभए कन्ट्रक्सन होलिडे मनाउनेबारे आगामी १४ चैतमा महासंघले छलफल गर्नेसमेत उनले जानकारी दिए ।
आगामी १४ चैतसम्म सरकारलाई आफ्ना समस्या समाधान गर्न आग्रह गर्ने र यदि सम्बोधन नभएको खण्डमा सोही दिन हुने महासंघको राष्ट्रिय भेलाबाट कन्ट्रक्सन होलिडेका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।
यसैगरी, महासंघले भर्खर संघीय संसद्बाट पारित भएको सार्वजनिक खरिद नियमावली २०६४ को ११औं संशोधनप्रति पनि आपत्ति जनाएको छ । महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्ना माग सम्बोधन नभएको भन्दै यस्तो आपत्ति जनाएको हो । सो खरिद नियावली संशोधन बिहीबार राजपत्रमा प्रकाशित भइसकेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रकाशन गरेको बोलपत्रको क्षेत्राधिकारअनुसार नेपालका दुई वटा कम्पनीले मात्रै भाग लिन मिल्ने व्यवस्था रहेकोप्रति महासंघले आपत्ति जनाएको हो ।
यसरी दुईवटा कम्पनीलाई मात्रै दृष्टिगत गरी जनताले तिरेको करको दुरुपयोग हुने र अस्वस्थ प्रतिस्पर्था पनि हुने बताउँदै अध्यक्ष सिंहले भने, ‘अहिले संशोधन पनि तिनै कम्पनीले भाग लिन पाउनेगरी भएको छ । यसमा महासंघ घोर आपत्ति जनाउँदै तत्काल खारेजीको माग गर्छ ।’
महासंघले साना निर्माण व्यवसायीले काम पाउने सुनिश्चितता र महासंघको सुझाव बमोजिम एकपटकमा पाँचवटा निर्माण कार्यको संख्याका आधारमा मात्र पाउने व्यवस्था हुनेगरी ११औं संशोधन गर्नुपर्ने जनाएको छ । यसैगरी, साना व्यवसायीलाई निर्माण कार्यमा संलग्न गराउन २५ करोड रुपैयाँसम्मका आयोजनामा जेभी पार्टनर भएको अवस्थामा कुनै एउटाले मात्रै अनुभवको सर्टिफिकेट देखाएमा पुग्ने व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।
यस्तो व्यवस्था हुँदा नयाँ तथा साना व्यवसायीलाई सहज हुने अपेक्षा गरिएको महासंघले जनाएको छ । गत २७ देखि २९ फागुनसम्म काठमाडांैमा भएको २३औं साधारणसभा एवं १२औं अधिवेशनपछि सम्पन्न निर्वाचनबाट महासंघको अध्यक्षमा रवि सिंह पुनः दोहोरिएका हुन् । सो निर्वाचनमा अध्यक्षमा विजयी सिंहसँगै महासंघको नयाँ नेतृत्वको ४६ पदमा नवनिर्वाचित व्यवसायी चुनिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।