logo

नेपाल निर्माण व्यवासायी महासंघमा पुन: सिंह

अबको केही क्षणमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सपथग्रहण गर्ने

    890   पटक पढिएको

३० फागुन/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः सान्दार मत ल्याएर विजयी भएका छन् । उनले अध्यक्षका अन्य दुई जना प्रत्यासी निकोलस पाण्डे र हुमनाथ कोइरालालाई भारि मतले पराजित गरी आगामी दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा विजयी भएका हुन् ।
यसैगरी बरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा (एडी) विजयी भएका छन् । लामाले पनि उनका प्रत्यासी लक्ष्मणकुमार राना र धीरेन्द्रकुमार दाहालले पराजित गर्दै विजयी भएका हुन् । एसोसियट उपाध्यक्षमा रामजी पन्त (मुकेश) विजयी भएका छन् ।
महासंघको सातवटै प्रदेश उपाध्यक्षतर्फ प्रदेश १ उपाध्यक्षमा मोहन प्रसाद अधिकारी,मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोप बहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्न बहादुर खड्का, सुदुरपस्चिम प्रदेशमा प्रकाश सेठि निर्वाचित भएका छन ।
यसपालीको निर्वाचनमा साना व्यवसायीले साथ नछोडिएकाले अध्यक्षमा विजयी सिंहको समुहका धेरै व्यवसायी विजयी भएका हुन । सिहंले आफ्ना प्रतिस्पर्धी निकोलस पाण्डेलाई झन्ढै दोब्बर भन्दा बढी मतले पछि पारेका थिए । महासंघको निर्वाचन समितिले दिएको जानकारी अनुसार नवनिर्वाचित अध्यक्ष सिंहले कुल ११८१ मत खसेको मध्ये ७ सय ६५ मत ल्याएका थिए । उनको प्रतिस्पर्धी निकोलस पाण्डेले ३ सय ३७ मत ल्याएका थिए । अध्यक्षकै अर्का उम्मेदवार हुमनाथ कोइरालाले जम्मा ३२ मत ल्याएका थिए ।
सो निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा सिंहकै समुहबाट विजयी भएका आङदोर्जी लामाले ५ सय ६३ मत ल्याएका थिए । भने उनका प्रत्यासी उम्मेदवारहरु लक्ष्मणकुमार राणाले ३ सय ७३ र धीरेन्द्रकुमार दाहालले २ सय ८९ मत ल्याएका थिए ।
यसैगरि, सिंहकै समुहबाट महासचिवमा भारि मतकासाथ विजयी भएका रोशन दाहालले ७ सय १९ मत ल्याएका थिए । नवनिर्वाचित महासचिव दाहालसँगै महासचिव पदमा चुनावी मैदानमा उत्रिएका अन्य व्यवसायीहरु बासुदेव उप्रेतीले १७२, टंकप्रसाद चौलागाइँले १२४, रामशरण देउजाले ८८ र आनन्दप्रसाद अधिकारीले २३ मत मात्र ल्याएका थिए ।
त्यसैगरि, महासंघको उपमहासचिवमा नीतिगततर्फ शिबहरी घिमिरे, उपमहासचिवमा आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन । त्यसैगरि, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्तोष शाह विजयी भएका छन । त्यस्तै केन्द्रिय सदस्य खुलातर्फ प्रमोद लामिछाने भारि मतकासाथ विजयी भएका छन । १४ जना प्रतिस्पर्धीबीच भएको सो निर्वाचनमा खुल्ला केन्द्रिय सदस्यहरुमा लामिछाने सहित ५ जना विजयी भएका छन ।
गत शुक्रबारदेखि सुरु भएर आइतबार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको महासंघको २३औँ साधारण सभा तथा १२औँ अधिवेशनपछिको नयाँ नेतृत्व चयन गर्नेक्रममा व्यवसायीबीच सहमति नजुटेपछि निर्वाचन भएको थियो । सो निर्वाचनमा कुल ४२ पदकालागि १०४ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए । महासंघको आगामी नयाँ नेतृत्वका लागि सम्पन्न भएको सो निर्वाचनकालागि कुल ११९८ जना मतदाता भएकोमा जम्मा ११८१ मत खसेको थियो ।
यस निर्वाचनमा महासंघका सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गरेका थिए । त्यसबाहेक ३९ जना एसोसिएट तर्फका प्रतिनिधिले पनि मतदान गरेका थिए । प्रत्येक प्रदेशबाट १५ जना प्रतिनिधि आएका थिए ।
सो साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । यस साधारण सभा तथा अधिवेशनमा करिब १२ सय जना व्यवसायी प्रतिनिधि र १२ सय पर्यवेक्षक गरी कुल २ हजार ४ सय जनाको सहभागीता रहेको थियो ।
महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले सोमबार दिउँसो ४ बजे सपथग्रहण गर्ने कार्यक्रम राखिएको महासंघले जनाएको छ ।
यसअघि निर्माण व्यवसायी महासंघभित्र ठूला कम्पनीहरुको हावी हुने गरेको थियो । तर, यो पटकको निर्वाचनमा भने ती ठूला कम्पनीहरुको खासै हैकम चल्न सकेनन् । त्यसैले अध्यक्षमा सिंहले पुनः विजयी हासिल गरेका हुन । यस अघिको निर्वाचनमा तीनै ठूला व्यवसायीहरुको साथ पाएर विजयी भएका सिंहलाई यो पटक भने रोक्ने प्रयास गरेका थिए ।
अघिल्लो कार्यकालमै निर्वाचित भएपछि ठूला निर्माण कम्पनीहरुको चर्को आलोचना गर्दै साना व्यवसायीको पक्षमा वकालत गर्दै आएका सिंहलाई साना व्यवसायीले पनि निकैसाथ दिए । यसपाली ठूला कम्पनीहरुको डरत्रास र आश्वासनमा नपरी उनीहरुले सिंहलाई विजयी गराएका हुन ।
सार्वजनिक खरिद नियमावली ११ औं संशोधनको जस सिंहलाई
संयोग नै भन्नुपर्छ लामो समयदेखि आवाज उठाउँदै आएको सार्वजनिक खरिद नियमावलीको ११औं संशोधन साधारणसभा उद्घाटनको अघिल्लो दिनमात्र भयो । हुन त २४ माघमैै मन्त्रिपरिषदले निर्णय गरे पनि सार्वजनिक भने ढिला गरिएको थियो । सो संशोधनमा ठूला कम्पनीहरुलाई कस्दै एउटाले कम्तीमा ५ वटा मात्र आयोजनाहरु लिन पाउने प्रावधान ल्याएको छ । जुन साना व्यवसायीहरुले लामो समयदेखि आवाज उठाउँदै आएका थिए । त्योसँगै धरौटी रकम फिर्ता दिने लगाएतका धेरै विषयहरु समेटेर आएकै कारण सिंहलाई यो पटक सहज भएको अनुमान व्यवसायीबीच गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।