logo

निर्माण व्यवसायीको निर्वाचनमा मतदानको काम सकियो

अबको केही क्षणमा मतगणना सुरु हुँदै

    1033   पटक पढिएको

 

२९ फागुन/अर्थ र व्यापार – आइतबार बिहान साढे ११ बजेदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको निर्वाचनमा अहिले भर्खर मतदान कार्य सकिएको छ । यसअघि निर्वाचिन समितिले पनि साझ साढे ५ बजेपछि मतदानको समय सकिने बताएको थियो । एकजना अध्यक्ष, एकजना बरिष्ठ उपाध्यक्ष, एसोसियट सहित ८ जना उपाध्यक्षहरु, एकजना महासचिव, दुईजना उपमहासचिव, एक/एकजना कोषाध्यक्ष र सह कोषाध्यक्ष लगायत कुल ४२ पदकालागि १०४ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए ।
महासंघको आगामी नयाँ नेतृत्वका लागि सम्पन्न भएको सो निर्वाचनकालागि कुल ११९८ जना मतदाता भएकोमा करिब ११८७ मत खसेको महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले जानकारि दिए । उनले यसपाली झन्डै सतप्रतिशत नै मतदाताले मतदान गरेको बताए । उनले अबको केही क्षणमा मतगणना कार्य सुरु हुने बताए । गिरीले जानकारी गराए अनुसार अहिले निर्वाचन समितिका कर्मचारीहरुले धमाधम मतपत्र मिलाउने काम गरिरहेका छन । उनले साँझ ७ बजेदखि मतगणना सुरु हुनसक्ने बताए । 
गत शुक्रबारदेखि काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महासंघको २३औँ साधारण सभा तथा १२औँ अधिवेशनपछिको नयाँ नेतृत्व चयनकालागि व्यवसायीबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।
सो निर्वाचनमा महासंघको आगामी अध्यक्षकालागि वर्तमान अध्यक्ष रवि सिंह, बिकोई बिल्डर्सका सञ्चालक तथा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइराला,महासंघका वर्तमान बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका थिए ।
आगामी नेतृत्वकालागि अध्यक्षमा आफ्नो समुह बनाएर चुनावी मैदानमा उत्रिएका वर्तमान अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवाका सञ्चालक हुन । उनी पनि नेपाली कांग्रेस निकट व्यवसायी हुन् ।
यसैगरि, अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार पाण्डे ए वर्गको कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा पाण्डेले अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए । तर, वर्तमान अध्यक्ष सिंहले अर्को कार्यकालमा सहयोग गर्ने बचत दिएर बरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए ।
गत वर्षदेखि पाण्डे पनि काँग्रेस निकट व्यवसायीकै रुपमा चिनिएका छन । यसपालीको निर्वाचनमा पाण्डेले पनि आफ्नो भिन्दै समुह बनाएर चुनावी मैदानमा उत्र्रिएका हुन ।
त्यसैगरि, ए वर्गकै निर्माण कम्पनी बिकोइ बिल्डर्सका सञ्चालक कोइरालाले भने आफ्नो भिन्दै समुह बनाएका छैनन् ।
यस निर्वाचनमा अध्यक्ष बाहेक अन्य पदहरुमा अध्यक्षका प्रत्यासी सिंहको समुहबाट बरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) एसोसियट उपाध्यक्षमा अच्युतप्रसाद खरेल, १ प्रदेश उपाध्यक्षमा दिपक गौतम, २ प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा पंचराम तामाङ, लुम्विनी प्रदेश उपाध्यक्षमा मेघजंग शाह, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का, सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश सेठी रहेका छन ।
यसैगरि, महासचिवमा रोशन दाहाल, उपमहासचिव नितिगतमा शिबहरि घिमिरे, उपमहासचिव आन्तरिकमा बालाजु श्रेष्ठ रहेका छन । यसैगरि, कोषाध्यक्षमा अमरबहादुर विष्ट, सह कोषाध्यक्षमा सन्तोष शाह रहेका छन ।
अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार पाण्डेको समुहबाट बरिष्ठ उपाध्यक्षमा लक्ष्मण राना, एसोसियट उपाध्यक्षमा रामजि पन्त, १ प्रदेश उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खेमप्रसाद मल्ल, लुम्विनी प्रदेशमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्नबहादुर खड्का रहेका छन ।
यसैगरि, महासचिवमा बासुदेब उप्रेती, उपमहासचिव नीतिगतमा मंगलबहादुर शाही, उपमहासचिव आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा कविता कटुवाल रहेका छन । सो निर्वाचनमा वर्तमान प्रवक्ता टंक चौलागाइँ महासचिवमा यस्तो समुह भन्दा बाहिरबाटै चुनावी मैदानमा उत्रिएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।