logo

आयातमा थप कडाई हुने संकेत: ७ महिनामै विदेशी विनिमय सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घट्यो

    693   पटक पढिएको

२७ फागुन /अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ७ महिनामै देशको विदेशी विनिमय सञ्चिती २ खर्ब २६ अर्ब रुपैयाँले घटेको छ । जसका कारण अझै सरकारले आयातमा थप कडाई गर्ने संकेत देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई गत माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ कायम भएको हो ।
राष्ट्र बैंकले आयातमा जाने कर्जामा कडाइ गरेपनि यसको प्रभाव विदेशी विनिमय सञ्चितीमा खासै पर्न सकेको देखिन्दैन । यस्तो अवस्थाले अब आयातमा थप कडाई हुन सक्ने सम्बन्धीत क्षेत्रका सरोकारवालाहरु एवं जानकारहरुको भनाई छ ।
यनीहरुको यस्तो अनुमान र राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक अवस्थाको विवरण अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा गत माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा माघ मसान्तमा १७.७ प्रतिशतले कमी आई १० खर्ब २४ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ ।
यसैगरि, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चितिको दर पनि गत असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा माघ मसान्तमा ३.९ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । त्यसैगरि, गत माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।
यस्तो छ सञ्चितिको सूचक
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
गत माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ५५.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।