logo

निर्माण व्यवसायी महासंघको अध्यक्षमा हुमनाथ कोइरालाको उम्मेदवारी घोषणा

    2148   पटक पढिएको

२६ फागुन/अर्थ र व्यापार – मुलुकभरका निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको आगामी अध्यक्षका लागि हुमनाथ कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका छन ।
शुक्रबारदेखि काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने महासंघको २३औँ साधारण सभा तथा १२औँ अधिवेशन आगामी २९ फागुनसम्म सञ्चालन हुने छ ।

तीनदिनसम्म चल्ने सोही साधारण सभा तथा अधिवेशनबाट महासंघको नयाँ नेतृत्व समेत चयन हुने छ ।
सो निर्वाचनकालागि महासंघको आगामी अध्यक्षमा बिकोई बिल्डर्सका सञ्चालक तथा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष कोइरालाले महासंघको गरिमालाई थप उचाईमा पुराउन ‘मिसन, भिजन र एक्सन’ भन्ने आकर्षक एजेन्डा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
साना, मझौला देखि ठुला सबै वर्गका व्यवसायीलाई समेटेर सम्पूर्ण व्यवसायीको हक हितमा काम गर्ने प्रतिवद्धता सहित कोइरालाले महासंघको आगामी नेतृत्व हाँक्ने उदेस्यले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । कोइरालाको विकोइ विल्डर्स प्रालि ’क’ वर्गको निर्माण कम्पनी हो ।
कोईरालाले निर्माण व्यवसायीहरुको समस्या समाधानका लागी सरकार संग समन्वय गरेर अगाडी बढ्ने वताएका छन ।

विशेषगरी सार्वजनिक खरिद नियमावलीको ११ औं संसोधन लाई चाँडै निष्कर्षमा पु¥याउने र निर्माण क्षेत्रमार्फत मुलुकको समृद्धिका लागी आँफु लागीपर्ने उनले वताए । साना ठूला सवै निर्माण कम्पनीका एजेण्डाहरुलाई आँफु नेतृत्वमा पुगे सवैको एजेण्डा कार्यान्वयनमा पहल गर्ने आफ्नो प्रतिवद्धता रहेको उनले वताए ।
यस निर्वाचनमा महासंघका सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । त्यसबाहेक ३९ जना एसोसिएट तर्फका प्रतिनिधिले पनि मतदान गर्नेछन् । प्रत्येक प्रदेशबाट १५ जना प्रतिनिधि आउनेछन् ।
यो साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ । साधारण सभा तथा अधिवेशनमा करिब १२ सय जना व्यवसायी प्रतिनिधि र १२ सय पर्यवेक्षक गरी कुल २ हजार ४ सय जनाको सहभागीता रहने छ ।

यही अधिवेशनकै क्रममा आगामी नयाँ नेतृत्व चयन गर्नकालागि हुने निर्वाचनबाट कुल ५९ सदस्यीय कार्य समिति मध्ये एकजना अध्यक्ष, एकजना बरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ जना उपाध्यक्ष, एकजना महासचिव, २ जना उपमहासचिव, एक÷एकजना कोषाध्यक्ष र सह–कोषाध्यक्ष सहित जम्मा ४६ पदमा नयाँ नेतृत्व निर्वाचित हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।