logo

निर्माण व्यवसायी महासंघको अध्यक्षमा हुमनाथ कोइरालाको उम्मेदवारी घोषणा

    1856   पटक पढिएको

२६ फागुन/अर्थ र व्यापार – मुलुकभरका निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको आगामी अध्यक्षका लागि हुमनाथ कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका छन ।
शुक्रबारदेखि काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने महासंघको २३औँ साधारण सभा तथा १२औँ अधिवेशन आगामी २९ फागुनसम्म सञ्चालन हुने छ ।

तीनदिनसम्म चल्ने सोही साधारण सभा तथा अधिवेशनबाट महासंघको नयाँ नेतृत्व समेत चयन हुने छ ।
सो निर्वाचनकालागि महासंघको आगामी अध्यक्षमा बिकोई बिल्डर्सका सञ्चालक तथा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष कोइरालाले महासंघको गरिमालाई थप उचाईमा पुराउन ‘मिसन, भिजन र एक्सन’ भन्ने आकर्षक एजेन्डा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
साना, मझौला देखि ठुला सबै वर्गका व्यवसायीलाई समेटेर सम्पूर्ण व्यवसायीको हक हितमा काम गर्ने प्रतिवद्धता सहित कोइरालाले महासंघको आगामी नेतृत्व हाँक्ने उदेस्यले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । कोइरालाको विकोइ विल्डर्स प्रालि ’क’ वर्गको निर्माण कम्पनी हो ।
कोईरालाले निर्माण व्यवसायीहरुको समस्या समाधानका लागी सरकार संग समन्वय गरेर अगाडी बढ्ने वताएका छन ।

विशेषगरी सार्वजनिक खरिद नियमावलीको ११ औं संसोधन लाई चाँडै निष्कर्षमा पु¥याउने र निर्माण क्षेत्रमार्फत मुलुकको समृद्धिका लागी आँफु लागीपर्ने उनले वताए । साना ठूला सवै निर्माण कम्पनीका एजेण्डाहरुलाई आँफु नेतृत्वमा पुगे सवैको एजेण्डा कार्यान्वयनमा पहल गर्ने आफ्नो प्रतिवद्धता रहेको उनले वताए ।
यस निर्वाचनमा महासंघका सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । त्यसबाहेक ३९ जना एसोसिएट तर्फका प्रतिनिधिले पनि मतदान गर्नेछन् । प्रत्येक प्रदेशबाट १५ जना प्रतिनिधि आउनेछन् ।
यो साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ । साधारण सभा तथा अधिवेशनमा करिब १२ सय जना व्यवसायी प्रतिनिधि र १२ सय पर्यवेक्षक गरी कुल २ हजार ४ सय जनाको सहभागीता रहने छ ।

यही अधिवेशनकै क्रममा आगामी नयाँ नेतृत्व चयन गर्नकालागि हुने निर्वाचनबाट कुल ५९ सदस्यीय कार्य समिति मध्ये एकजना अध्यक्ष, एकजना बरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ जना उपाध्यक्ष, एकजना महासचिव, २ जना उपमहासचिव, एक÷एकजना कोषाध्यक्ष र सह–कोषाध्यक्ष सहित जम्मा ४६ पदमा नयाँ नेतृत्व निर्वाचित हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।