logo

अर्थमन्त्री शर्माले अर्थमन्त्रालय चलाउन नसकेको माओवादी निकट उद्योगीको गुनासो

प्रचण्डलाई भने ‘अर्थमन्त्री दलाल पुँजीपतिका सेवक हुँदा अर्थतन्त्र ध्वस्त भयो’

    1072   पटक पढिएको

२५ फागुन /अर्थ र व्यापार – नेकपा माओवादी केन्द्रमा जोडिएका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय चलाउन नसकेको गुनासो गरेका छन् ।
नेपाल उद्योय व्यवसायी महासंघको पहिलो बैठक तथा केन्द्रीय कमिटीलाई सपथग्रहण गराउन पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई उनीहरुले यस्तो गुनासो गरेका हुन । उनीहरुले अर्थमन्त्री शर्माले अर्थमन्त्रालय चलाउन नसकेको भन्दै तिब्र आलोचना समेत गरे ।
नेपाल उद्योय व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद आचार्य र केन्द्रीकृत महासंघका अध्यक्ष श्यामराज पाठकले अर्थमन्त्री शर्मा दलाल पुँजीपतिका सेवक बन्दा अर्थतन्त्र संकटमा परेको भन्दै कडा आलोचना गरेका हुन् ।
महासंघका अध्यक्ष आचार्यले अर्थमन्त्री शर्मा र उर्जा मन्त्री पम्फा भुसालका कारण अर्थतन्त्र ‘खत्तम’ भएको भन्दै उनीहरुको तिब्र आलोचना गरे । उनले माओवादी निकट उद्योगी व्यवसायीका काम नहुने तर, माओवादीले प्रतिक्रियावादी भनेकाहरूको काम अर्थ र ऊर्जामन्त्रीले एकै बचनमा गरिदिने गरेको आरोप नै लगाए ।
यसैगरि, केन्द्रीकृत महासंघका अध्यक्ष श्यामराज पाठकले माओवादीबाट प्रतिनिधित्व गरेका अर्थमन्त्रीले अर्थतन्त्र भत्काउँदै लगेको र उत्पादनमुखि अर्थतन्त्र बनाउने सपना चकनाचुर र भताभुङ्ग बनाएको समेत आरोप लगाए ।
‘अर्थमन्त्री हाम्रो हुनुहुन्छ, कुरा उठाउनु कि नउठाउनु ?’ भनेर व्यंग्य गर्दै पाठकले भने, ‘अझै शर्मालाई अर्थमन्त्रालयको जिम्मा दिईराखे अर्थतन्त्र ध्वस्त हुने बाहेक सप्रिनेतर्फ कुनै लक्ष्यण छैन । त्यसैले अब उहाँले राजिनामा दिए हुन्छ ।’ उनले वर्तमान अर्थमन्त्रीले देसको पुँजीगत खर्च गर्न समेत नसकेको बताए ।
‘हाल देसभरका बैंकमा पैसा छैन, ब्याज बढेको छ । तर, पनि बैंकले पैसा दिन सक्दैनन् । हामी व्यवसायी हाम्रो अर्थतन्त्र बनाउने सबै सपना चकनाचुर हुँदैछ । राज्य प्रशासन नै दलाल पुँजीपतिको हातमा छ । हामी त्यसमा फसिसकेका छौं । राज्य संयन्त्र फसिकेको छ । हाम्रो अर्थमन्त्री हुनहुन्छ, भनौं कि नभनौं । अर्थतन्त्र भत्किनेबाहेक सप्रिनेतिर जाँदैन’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।