logo

सरकारले घटायो सुन आयातको सीमा

अब दैनिक १० केजी भन्दा बढी आयात गर्न नपाइने

    959   पटक पढिएको

२२ फागुन/अर्थ र व्यापार – सरकारले सुन आयातको सिमा घटाएको छ । जसका कारण अबदेखि नेपालमा दैनिक १० केजी भन्दाबढी सुन आयात गर्न पाईने छैन ।
नेपाल राष्ट्र बैंकले आईतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा (सिमा) घटाएको हो । यसअघि दैनिक २० केजीसम्म सुन आयात गर्न पाईने व्यवस्था थियो । त्यस्तो हुँदाको अवस्थामा पनि सुन चाँदीको कारोबारमा संलग्न व्यवसायीहरुले बजार माग अनुरुपको सुन आपुर्ति गर्न नसकेको बताउँदै आएका थिए ।
यसअघि व्यवसायीले सुन आयातको कोटा बढाउन बेलाबेलामा राष्ट्र बैंकमा लबिङसमेत गर्ने गरेका थिए । आईतबार अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा समेत सुनको मूल्य प्रति तोला दुई हजार रुपैयाँले बढेसँगै राष्ट्र बैंकले आइतबार यस्तो परिपत्र जारि गर्दै सुन आयात कोटा घटाएको हो ।
यसअघि राष्ट्र बैंकले पहिलो चरणको लकडाउनमा पनि मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सुन आयातको कोटा दैनिक २० केजीबाट घटाएर १० केजीमा झारेको थियो । त्यसपछि अर्थतन्त्र चलायमान भएपछि पुनः सो सिमा बढाएर दैनिक २० केजीसम्म आयात गर्न पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको थियो । अहिले पनि विलासिताका बस्तु आयातमा बहिरिरहेको पैसा जोगाउने उपाए स्वरुप यस्तो निणर्य गरेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।