logo

रत्न तथा आभूषण क्षेत्रको प्रवद्र्धनमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने

    1149   पटक पढिएको

२२ फागुन/अर्थ र व्यापार – सरकारले मुलुकभित्र उपलब्ध बहुमूल्य पत्थर उत्खननका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेलले नेपाल रत्न तथा आभूषण संघको १७ औं साधारणसभाको उद्घाटन पछि सम्बोधन गर्दैै यस्तो बताएका हुन । उनले मुलुकभित्रका खानीको उत्खनन गर्दै बहुमूल्य रत्न आभूषणको प्रशोधन गर्दै निकासी बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
सचिव पोख्रेलले सरकारको नीति नै निजी क्षेत्रसँग सहकार्य वृद्धि गर्दै उत्पादन तथा निकासी वृद्धि गर्ने रहेकाले सहकार्यका लागि आग्रह समेत गरेका छन् । उनले अन्तर मन्त्रालय तथा निकायबीच समन्वयको अभावका कारण रत्न तथा आभूषण क्षेत्रलाई सरकारले पर्याप्त सम्बोधन र सहजीकरण गर्न नसकेको स्वीकार गर्दै आउँदा दिनमा यसलाई सुधार गर्दै अघि बढ्ने बताए । यसैगरि, उनले जन्मदेखि मृत्यु संस्कारसम्म सुनचाँदीका गरगहना चाहिने समाजका लागि यो क्षेत्रको महत्व विशिष्ठ रहेकाले सरकारले यो क्षेत्रको विकास र विस्तार गर्न चाहेको बताए ।
संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले सुनचाँदीका गरगहनाको बजार वार्षिक १० प्रतिशत हाराहारीमा बढिरहे पनि सुन आयात र वितरणमा कोटा घटाइएकाले व्यवसायमा समस्या रहेको बताइन् । सरकारले पर्याप्त मात्रामा सुनचाँदी उपलब्ध गराए आफूहरुले गरगहना निकासी गरेर व्यापारघाटा कम गर्न सहयोग गर्ने उनको भनाइ छ । उनले मागअनुसार सुनचाँदी उपलब्ध गराउन जोडदार माग गरिन ।
यसैगरि, उनले चाँदी आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने लगायतका व्यवस्था अव्यावहारिक भएको भन्दै सरकारले आफूहरुको क्षेत्रलाई अनुत्पादक श्रेणीमा राखेकोमा आपत्ति जनाइन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यवसायीको आवश्यकता र बजारको मागअनुसार सुनको कोटा निर्धारण गर्दै नियमन व्यवसायीमैत्री हुनुपर्ने धारणा राखे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईले मुलुकको आर्थिक विकासमा रत्न तथा आभूषण क्षेत्रको सकारात्मक योगदान रहने भएकाले सरकारले नीतिगत सहयोग गर्नुपर्ने तथा निकासीका लागि सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।