logo

कमिसन काटिएपछि पम्पहरुले निगमसँग इन्धन उठाउन छाडे

    1484   पटक पढिएको

२० फागुन/अर्थ र व्यापार– आफुहरुले पाउँदै आएको पेट्रोलियम पदार्थ विक्रीबाट प्राप्त हुने कमिसन काटिएपछि अहिले मुलुकभरका सबै पेट्रोल पम्पहरुले नेपाल आयल निगमसँग इन्धन उठाउन छाडेका छन ।
शुक्रबार बिहानैदेखि देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन । अहिले उपभोक्ताले एक पटकमा प्रति लिटर पाँच रुपैयाँको दरले बढाईएको मुल्य तिर्दा समेत भनेको समय र ठाउँमा पेट्रोलियम पदार्थ नपाउने अवस्था आइलागेको छ ।
नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।
‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, शुक्रबार बिहानैबाट निगमका डिपोबाट पेट्रोलियम पदार्थ उठेको छैन’ एसोसिएसनका एक सदस्यले भने । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो । सोही कारण अहिले व्यवसायीले निगमको डिपोहरुबाट इन्धन नउठाएका हुन ।
यस्तो बिरोधमा उत्रिएका व्यवसायीले घोषणा गरेरै अब इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । शुक्रबार विहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएकाले निगमको डिपोबाट इन्धन नउठेको जानकारि गराउँदै निगमका प्रवक्ता उपाध्ययले भने, ‘व्यवसायीको यस्तो विरोधका कारण अहिले देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’
काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार बिहानैदेखि इन्धन नउठेको निगमको सो डिपोले जनाएको छ । अब डिपोबाट इन्धन नउठेपछि त्यसको प्रत्यक्ष प्रभाव पम्पहरुमा पुगेर पेट्रोलियम पदार्थ खरिद गर्ने आम उपभोक्ताहरुमा पर्ने निगमले जनाएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।