logo

कमिसन काटिएपछि पम्पहरुले निगमसँग इन्धन उठाउन छाडे

    1025   पटक पढिएको

२० फागुन/अर्थ र व्यापार– आफुहरुले पाउँदै आएको पेट्रोलियम पदार्थ विक्रीबाट प्राप्त हुने कमिसन काटिएपछि अहिले मुलुकभरका सबै पेट्रोल पम्पहरुले नेपाल आयल निगमसँग इन्धन उठाउन छाडेका छन ।
शुक्रबार बिहानैदेखि देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन । अहिले उपभोक्ताले एक पटकमा प्रति लिटर पाँच रुपैयाँको दरले बढाईएको मुल्य तिर्दा समेत भनेको समय र ठाउँमा पेट्रोलियम पदार्थ नपाउने अवस्था आइलागेको छ ।
नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरुको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।
‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, शुक्रबार बिहानैबाट निगमका डिपोबाट पेट्रोलियम पदार्थ उठेको छैन’ एसोसिएसनका एक सदस्यले भने । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो । सोही कारण अहिले व्यवसायीले निगमको डिपोहरुबाट इन्धन नउठाएका हुन ।
यस्तो बिरोधमा उत्रिएका व्यवसायीले घोषणा गरेरै अब इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । शुक्रबार विहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएकाले निगमको डिपोबाट इन्धन नउठेको जानकारि गराउँदै निगमका प्रवक्ता उपाध्ययले भने, ‘व्यवसायीको यस्तो विरोधका कारण अहिले देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’
काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार बिहानैदेखि इन्धन नउठेको निगमको सो डिपोले जनाएको छ । अब डिपोबाट इन्धन नउठेपछि त्यसको प्रत्यक्ष प्रभाव पम्पहरुमा पुगेर पेट्रोलियम पदार्थ खरिद गर्ने आम उपभोक्ताहरुमा पर्ने निगमले जनाएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।