logo

व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब ८० करोड नाग्यो

११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको बस्तु आयात

    1364   पटक पढिएको

११ फागुन/अर्थ र व्यापार – चालू आर्थिक वर्षको वितेका सात महिना (साउनदेखि माघमसान्तसम्म) मा मुलुकको व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब रुपैयाँ भन्दा धेरैले नागेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको गत माघ मसान्तसम्ममा नेपालको कुल व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको हो ।
भन्सार विभागका अनुसार गत आवको सोही अवधिमा नेपालको व्यापार घाटा जम्मा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको थियो । अहिले गत आवको भन्दा झन्डै ३ खर्ब रुपैयाँले बृद्धि भएको छ । सो अवधीमा झन्डै साढे ११ खर्ब रुपैयाँ बराबरको सामान आयात हुँदा मुलुकको व्यापार घाटा ३८ दशमलव ४५ प्रतिशतले बढेको हो ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समिक्षा अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बढीको आयात भएको थियो ।
भन्सार विभागका निर्देशक पुन्यविक्रम खड्काले पछिल्लो समय आयात अस्वभाविक रुपमा बढेका कारण अहिले मुलुकको व्यापार घाटादर थप बढेको बताए । उनले अब यस्तो व्यापार घाटादर घटाउनकालागि सरकारले स्वदेशी बस्तुको प्रवद्र्धन लगायत विभिन्न उपाए खोजिरहेको जानकारि दिए ।
विभागका अनुसार सो अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँ बराबरको बस्तु निर्यात भएको देखिन्छ । गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । चालू आर्थिक वर्षको वितेका सात महिनाको अवधी गत माघ मसान्तसम्ममा नेपालको वैदेशिक व्यापार ४६ दशमलब ४३ प्रतिशतले बढेको छ । यस अवधिमा वैदेशिक व्यापार बढेर १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँ बराबर पुगेको विभागले जनाएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालमा विभिन्न १४५ वटा देशबाट बस्तु तथा सामान आयात भएको छ । यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको देखिएको छ । चालु आवको सात महिनामा नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रुपैयाँ बढीको बस्तु तथा सामान आयात गरेको छ । सोही अवधीमा नेपालले १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ बराबरको बस्तु तथा सामान निर्यात गरेको छ ।
यो अवधीमा नेपालको भारतसँग मात्रै ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि यसरी धेरै मात्रामा आयात चीनबाट भएको छ । चीनबाट यो अवधीमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको छ । यसैगरि, सोही अवधीमा यहाँबाट चीनतर्फ ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको मात्र निर्यात भएको छ । जसका कारण चीनसँग मात्र १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको विभागको तथ्यांकले देखाएको छ
यसैगरि, यो अवधीमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी बस्तु निर्यात भएको छ । विभागको तथ्यांक अनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा नेपालबाट जम्मा ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । निर्यातको तुलनामा आयातदर वृद्धि हुँदा अहिले मुलुकको व्यापार घाटा थप चुलिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।