logo

स्टार्टअपलाई नियन्त्रणमुखी सोच राख्न नहुने उद्योग परिसंघको सुझाव

    659   पटक पढिएको

५ फागुन/अर्थ र व्यापार –नेपालको सन्दर्भमा स्टार्टअप व्यवसायको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिले छलफल कार्यक्रम आयोजना गरेको छ । सो छलफलमा परिसंघले सरकारलाई स्टार्टअपलाई नियन्त्रणमुखी सोच राख्न नहुने सुझाव दिएको हो ।

सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागे पनि यसको अहिलेसम्म स्पष्ट परिभाषासहित कार्यविधि तयार भएको छैन । नीति तर्जुमामा सहयोग पु¥याउने उद्देश्यले परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो ।
सरकारले गत वर्षदेखि नै बजेटमा स्टार्टअपको प्रवद्र्धनका लागि बीउ पुँजी उपलब्ध गराउने घोषणा गरेको छ । तर, कार्यविधि नबन्दा अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गरी नवीन सोच भएका युवा उद्यमीको प्रवद्र्धन गर्नुपर्नेमा परिसंघको जोड रहेको छ ।
छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले नवीन सोचको प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताए । उनले नवीन सोच र प्रविधिको प्रयोग गरी अघि बढ्ने यस्ता व्यवसायका लागि आवश्यक सहुलियत र सुविधा दिने विषयमा उदार भएर सोच्नुपर्नेमा पनि जोड दिए ।
‘कतिपय अवस्थामा हाम्रो बुझाइमा समस्या हुन सक्छ, स्टार्टअपलाई कसरी परिभाषित गर्ने भन्ने सम्बन्धमा पनि फरक सोच हुन सक्छ,’ उनले भने, ‘तपाईंहरू, जो व्यवसायमा नै संलग्न हुनुहुन्छ, अझै फराकिलो हिसाबले सोच्नुस् । सबै व्यवसाय समेट्नेगरी परिभाषित गर्नेतर्फ सोच राख्नुस् ।’
यसैगरी, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले स्टार्टअप व्यवसायको प्रवद्र्धनको विषयमा सरकारले खुला सोच राख्नुपर्ने बताए । ‘नियन्त्रणमुखी सोचले स्टार्टअप व्यवसायको प्रवद्र्धन हुन सक्दैन, खुला सोच राखेर उनीहरूको प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने । यसैगरी अर्थ मन्त्रालयका उपसचिव गगनबहादुर विकले निजी क्षेत्रबाट प्राप्त हुने सुझावले नीति तर्जुमामा सहयोग गर्ने उल्लेख गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले औद्योगिक वातावरण निर्माण गर्नुका साथै उद्यमशीलता प्रवद्र्धनको उद्देश्य राखेर काम गरिरहेको जानकारी गराए । उनले स्टार्टअपको प्रवद्र्धनका लागि नीति निर्मातासँग निरन्तर संवाद गरी उद्यमशीलता विकास गर्न पहल गर्ने पनि उल्लेख गरे । अध्यक्ष अग्रवालले व्यवसाय सुरु गर्नुभन्दा व्यवसायको निरन्तरता चुनौतीपूर्ण हुने भन्दै स्टार्टअप व्यवसाय सुरु गर्ने उद्यमीलाई आफ्नो व्यवसायमा निरन्तर सक्रिय रहने गरी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए ।
‘उद्यमशीलता प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना हुनुपर्छ,’ उनले भने, ‘अहिले धेरै नेपाली युवाले विदेशमा अध्ययन गरिरहेका छन् । उनीहरूलाई आकर्षित गर्ने वातावरण तयार हुनुपर्छ । उनीहरूको सोचलाई परिपक्व बनाउन सहज तरिकाबाट बीउ पुँजी उपलब्ध गराइनुपर्छ ।’
अध्यक्ष अग्रवालले कार्यविधि तर्जुमा गर्दा देशभरका युवालाई समेट्न पनि आग्रह गरे । ‘हामीले विकेन्द्रीकृत सोचबाट अघि बढ्नुपर्छ, अब धनगढीको युवाले धनगढीमै बसेर बीउ पुँजी पाउने वातावण बनाउनुपर्छ,’ उनले भने ।
उनले अर्थतन्त्रको दिगो विकासका लागि स्टार्टअपको प्रवद्र्धनमा ध्यान दिन पनि सरोकारवालाहरूलाई आग्रह गरे । ‘नवीन सोचसहित व्यवसाय अघि बढाइरहेका उद्यमीहरूलाई नीतिगत सहजता र सहुलियत आवश्यक पर्छ, त्यस्तो अवस्थामा सरकारले उनीहरूलाई प्रवद्र्धन गर्ने सोच राख्नुपर्छ,’ अग्रवालले भने, ‘उद्यमशीलता विकास गर्न सके मात्रै हामीले अर्थतन्त्रको दिगो विकास गर्न सक्छौँ, नवीन सोच भएका उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनेगरी सरकारबाट सहयोग हुनुपर्छ ।’
परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्टार्टअप व्यवसायको प्रवद्र्धन नेपाली समाजको आवश्यकता भएको उल्लेख गरे । परिसंघले यसलाई अभियानकै रूपमा अघि बढाएर सबैसँग सहकार्य गर्ने
बताए ।
परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिकी सभापति आयुषी केसीले नेपालमा स्टार्टअप व्यवसायका सन्दर्भमा स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए ।
सो कार्यक्रममा नवीन सोच र प्रविधि प्रयोग गरी व्यवसाय गरिरहनु भएका २५ जना व्यवसायीहरूले स्टार्टअपको अवधारणामा स्पष्टता आवश्यक रहेको सुझाव दिए । उनीहरूले साना व्यवसाय र स्टार्टअपलाई एउटै हिसाबले बुझ्ने गरिएको भन्दै त्यसमा फरक छुट्टिने गरी परिभाषित गर्न सरकारलाई सुझाव दिए ।
यसैगरी, स्टार्टअप व्यवसायको नियमनमा प्रष्टता हुनुपर्ने, सरल वित्तीय पहुँच हुनुपर्ने, स्टार्टअप व्यवसायका चरणहरूबारे स्पष्ट हुनुपर्ने र नीतिगत सुविधा हुनुपर्नेमा उनीहरूको जोड छ । नेपालमा कम्पनी दर्ताबाट नै समस्या सुरु हुने भन्दै उहाँहरूले युवाहरूलाई प्रोत्साहन गर्न झन्झटरहित कार्यसम्पादनको वातावरण बनाउनुपर्ने उल्लेख गरे । समितिले छलफलमा प्राप्त सुझावका आधारमा राष्ट्रिय योजना आयोगलाई आफ्ना सुझाव प्रस्तुत गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।