logo

मूल्य बढाउन उद्योगीले रोके चिनी बिक्री

    1305   पटक पढिएको

४ फागुन/अर्थ र व्यापार– अझै होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् । चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरुले नमानेको एक व्यापारीले बताए ।
उनले पुरानो अडरको चिनी बजारमा पठाइएको छ, नयाँ चिनीको मूल्य नै नतोकिएको भन्दै दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको बताए । उद्योगले पुरानो चिनी होलसेललाई प्रतिकेजी ८६ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अब नयाँ चिनीको मूल्य सोभन्दा बढी हुने भन्दै उद्योगीले ब्ल्याकमेलिङ गर्न थालेको ती व्यापारीहरुको आरोप छ ।
नयाँ चिनीको मूल्य प्रतिबोरामा ३६ रुपैयाँसम्मले बढ्न सक्ने जानकारी उद्योगीहरुबाट आएको अर्का होलसेल व्यापारी सञ्जय फुँयालले बताए । टोखा चेम्बर अफ कमर्शका अध्यक्षसमेत रहेका फुँयालका अनुसार अहिले बजारमा पुरानो चिनी मात्रै आइरहेको छ । उनले नयाँ चिनी नआएको मूल्य बढ्ने जानकारी भने आएको बताए । बोरामा ३६ रुपैयाँले बढ्ने चिनीले उपभोक्ताको मूल्यमा भने खासै असर नगर्ने उनले बताए ।
उद्योगीले नयाँ चिनीको बिक्री रोकेको गुनासो आएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘दुई दिनदेखि बजारमा उद्योगीले नयाँ चिनी नपठाएको र मूल्य बढाएपछि मात्रै बजारमा चिनी उपलब्ध हुने जानकारी गराएको जानकारि आफुले पाईको तिमिल्सनाको भनाई छ । चिनी जस्तो अत्यवश्यक वस्तुको बिक्री मूल्य बढाउनकै लागि यसरी विक्री रोक्नु अपराध भएको भन्दै उनले यसबारे आफुहरुले अनुगमनकारी निकायमा जानकारी गराएको बताए ।

स्वदेशी चिनी मिल तथा उत्पादक उद्योगीहरुको छाता संस्था नेपाल चिनी उद्योग संघले विदेशबाट आयात बढेका कारण अहिले यहाँका चिनी उद्योगीहरु संकटमा पर्दै गएको बताएको छ । नेपालमा उत्पादित चिनीको बिक्री न्यून हुनु र लागत भन्दा घटी मूल्यमा बिक्री गर्नु गरेकाले अहिले स्वदेशी चिनी उत्पादक उद्योगहरुलाई संकट उत्पन्न भएको संघले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।