logo

नेपाल–पाकिस्तानबीच व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

    1228   पटक पढिएको

३ फागुन/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्शले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ ।
चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि पाकिस्तानी राजदूत शेद हैदर शाहसँगको भेटमा यस्तो आग्रह गरेका हुन ।
उनले नेपालदेखि कराँचीसम्म सिधा हवाई सेवा सञ्चालन गरी दुई मुलुकबीचको व्यापार सहजीकरण गर्न आग्रह गरे । यसैगरि,चेम्बरका अध्यक्ष मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा ३ घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि गर्न सकिन्छ, पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन’ अध्यक्ष मल्लले भने ।
पाकिस्तानबाट नेपालले अहिले छोकडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायत वस्तु आयत गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागो लगायत बस्तु निर्यात गर्ने गरेको छ ।
नेपालले पाकिस्तानबाट वार्षिक १ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको बस्तु आयत गर्ने गरेको छ भने १० करोड ४ लाख रुपैयाँ बराबर निर्यात गर्ने गरेको छ ।
सो भेटमा राजदूत शाहले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । उनले नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिए । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले सक्दो पहल गर्ने राजदूत शाहको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।