logo

सिबिफिन र कर्मभूमि समाजबीच समझदारी, देशभर लघु , साना तथा मझौला उद्यम विकासमा सहकार्य हुने

    982   पटक पढिएको

४ माघ/अर्थ र व्यापार– देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा कर्मभूमि समाजकोतर्फबाट अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य माननीय विनोदकुमार चौधरी र सिबिफिनकोतर्फबाट बरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बेरोजगार युवा तथा महिला, आर्थिक जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, वैदेशिक रोजगारबाट फर्केका नेपाली तथा उद्यमशील बन्न चाहाने र सम्भावना बोकेका क्षेत्रमा नयाँ उद्यम स्थापना गर्न चाहाने सबैलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
कर्मभूमि समाजले उद्यमशील बन्न आकांक्षीहरूलाई व्यवसाय दर्ता, सम्भाव्य परियोजना सम्बन्धी सोच प्रदान गर्दै त्यस्ता परियोजनालाई बैंक तथा वित्तीय संस्था मार्फत सहुलियत ऋणका लागि प्रस्ताव तयार गर्न सहयोग गर्ने र सिबिफिनले त्यस्ता योग्य प्रस्तावलाई सहज वित्तीय पहुँचका लागि पहल गर्ने समझदारी भएको छ । 
यसैगरि, स्थानीयस्तरबाट छनौट हुने यस्ता परियोजना कर्मभूमि समाज र सिबिफिनले स्थानीय गाउँपालिका वा नगरपालिकाहरु समेतको सहकार्य÷समन्वयमा कार्यान्वयन गराउने समझदारीपत्रमा उल्लेख छ ।
कर्मभूमि समाजले स्थानीय तहमा सञ्चालन गरिने उद्यमी प्रशिक्षण तथा सीप विकास तालिमको प्रभावकारिताका लागि प्रशिक्षकको प्रशिक्षण सञ्चालन गर्ने र सम्बन्धित उद्यम, व्यवसायका उत्पादनको बजारीकरणका लागि स्थानीय साझेदारसँग सहकार्य तथा मूल्य श्रृंखला विकासका लागि काम गर्ने भएको छ । 
गत वर्षदेखि उद्यमशीलता तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको कर्मभूमि समाजले ३७ जिल्लाबाट १०४६ प्रस्ताव प्राप्त गरेकोमा ११६ परियोजना बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत भई सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् भने छिट्टै उद्यमशीलता विकास अभियानलाई सबै जिल्लामा विस्तार गर्ने योजना रहेको अध्यक्ष माननीय विनोद चौधरीले बताए ।
सिबिफिनले लघु, साना तथा मझौला उद्यममा लगानीसम्बन्धी मेला मार्फत् बैंक तथा वित्तीय संस्था र सम्भाव्य उद्यम सञ्चालन गर्न चाहानेहरूलाई एउटै प्लेटफर्ममा ल्याएर दुई पक्षबीच अन्तक्र्रिया गराउने तथा यस्ता परियोजनामा लगानीका लागि बैंक तथा वित्तीय संस्थामा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोक्न लगाउने, वित्तीय साक्षरता तथा ‘नो योर बिजनेस’ कार्यक्रमहरू सञ्चालनमा सहकार्य गर्ने र कर्मभूमि समाज समेतको परामर्शमा यस्ता उद्यममा सहजै वित्तीयकरणका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, लगायत नियामक निकायलाई रचनात्मक सुझाव पेश गर्ने उल्लेख छ ।
दुवै संस्थाले यो समझदारीको कार्यान्वयनबाट लघु, साना तथा मझौला उद्यम विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेका छन् । ‘मुलुकमा आर्थिक समुन्नतिका लागि सबै नागरिकलाई आयआर्जनको सुनिश्चिचता गरिनुपर्छ र यो पवित्र कार्यमा सरकार, दातृ निकाय, निजी क्षेत्र लगायत सबैले हातेमालो गर्न आवश्यक छ । 
अगाडि बढ्ने क्रममा हामी समान उद्देश्य भएका संस्था र कार्यक्रमहरूसँग सहकार्य गर्नेछौं,’ समझदारीपछि कर्मभूमि समाजका अध्यक्ष चौधरीले भने, ‘युवाहरूमा रहेको नवीन सोच, नयाँ–नयाँ व्यवसायिक योजनालाई व्यवहारमा रूपान्तरण गर्न वित्तीय पहुँच, सीपयुक्त जनशक्ति तथा बजार पहुँच आवश्यक छ । यसका लागि दुई संस्थाबीचको समझदारी उद्यमशीलता विकासको अभियानमा कोशेढुंगा सावित हुनेछ ।’
समझदारीपछि सिबिफिनका बरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले देशभर युवा तथा महिला उद्यमीहरुको उत्पादन गरी उत्पादनमूलक, रोजगारमूलक एवं आयात प्रतिस्थापन गर्ने उद्यम तथा व्यवसायहरुको विकास एवं विस्तारमा यो परियोजना राष्ट्रिय महत्वको परियोजना भएको बताउँदै दीगो बैंकिङ विकास, उन्नत अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माणको आधारशिला समेत निर्माण गर्ने बताए । 
यस परियोजनाको सार्थक कार्यान्वयनमा सम्बन्धित मन्त्रालयहरु, नेपाल राष्ट्र बैंक, प्रदेश सरकार र स्थानीय सरकारको समेत सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै सिबिफिन र कर्मभूमि समाजको पहलले उद्यमशीलता विकास तथा विस्तारमा ठोस टेवा पुग्ने विश्वास व्यक्त गरे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।