logo

बीमा एजेन्टको संख्या साढे ७ लाख नाघ्यो, ३० प्रतिशत बागमती प्रदेशमा

    1393   पटक पढिएको

२ माघ/अर्थ र व्यापार – बीमा अभिकर्ताको संख्या साढे ७ लाख नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ । समितिका अनुसार वागमती प्रदेशमा २ लाख ३३ हजार १०२ जना अभिकर्ता रहेका छन् । जुन कुल संख्याको ३० प्रतिशत हुन आउँछ ।
बागमती प्रदेश पछि लुम्बीनी प्रदेशमा बढी अभिकर्ता छन् । समितिका अनुसार यस प्रदेशमा एक लाख ३१ हजार ५७५ जना रहेका छन् । प्रदेश नम्बर एकमा १ लाख २२ हजार ९१६ जना अभिकर्ता छन् । यस्तै, प्रदेश २ मा पनि १ लाख १ हजार, गण्डकी प्रदेशमा ७२ हजार ८९७ र सुदुरपश्चिम प्रदेशमा ६८ हजार ५५१ जना अभिकर्ता रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ५०६ जना अभिकर्ता छन् ।
समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै अभिकर्ता नेपाल लाइफमा इन्स्योरेन्स कम्पनीमा रहेका छन् । सो कम्पनीमा १ लाख ९४ हजार ७ सय ७७ जना अभिकर्ता आवद्ध भएका हुन् ।
बागमती प्रदेशमा नेपाल लाइफमा ६८ हजार ६४८ जना अभिकर्ता छन् । प्रदेश १ मा ३५ हजार ९५६, लुम्बिनी प्रदेशमा ३२ हजार, प्रदेश २ मा २९ हजार, गण्डकी प्रदेशमा ११ हजार, सुदुरपश्चिम प्रदेशमा १० हजार अभिकर्ता रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५ हजार अभिकर्ता छन् ।
नेपाल लाइफ इन्स्योरेन्स पछि नेशनल लाइफ इन्स्योरेन्समा ५६ हजार ७४९ अभिकर्ता रहेका छन् । यस्तै, नेशनलपछि धेरै अभिकर्ता आवद्ध भएको कम्पनी एलआइसी नेपाल इन्स्योरेन्स नै हो । सो इन्स्योरेन्स कम्पनीमा ४९ हजार २३३ जना अभिकर्ता आवद्ध छन् । यस्तै, राष्ट्रिय बीमा संस्थान, मेट लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्समा भने १० हजार भन्दा कम अभिकर्ता आवद्ध भएको विमा समितिको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय बीमा संस्थानमा ६ हजार, मेट लाइफमा ७ हजार ३४७ र रिलायन्स लाइफ इन्स्योरेन्समा ९ हजार ५३१ जना अभिकर्ता आवद्ध रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।