logo

तनहुँका उद्योगमा ९ अर्ब २१ करोड लगानी, ३३ हजारलाई रोजगारी

    1188   पटक पढिएको

२६ पुस/अर्थ र व्यापार – अहिले तनहुँमा सञ्चालित विभिन्न उद्योगमा ९ अर्ब २१ करोड रुपैयाँ लगानी रहेको छ । सो लगानीमा सञ्चालित विभिन्न उद्योगहरुमा गरि करिब ३३ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । 
जिल्लामा सञ्चालनमा रहेका १० हजार ४२१ उद्योगमाहाल करिब ३३ हजारजना मानिसले रोजगारी पाएका हुन् । तनहुँमा सञ्चालनमा रहेका उद्योगमा ९ अर्ब २१ करोड रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।
प्रत्येक उद्योगमा करिब १० लाखका दरले लगानी भएको तथ्यांक रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । तनहुँमा हालसम्म ११ हजार १६२ वटा उद्योग दर्ता भएका मध्ये १० हजार ४२१ वटा उद्योग सञ्चालनमा रहेका छन् । चालू आर्थिक वर्षमा मात्रै एक हजार ९ वटा उद्योग दर्ता भएका छन् ।
पछिल्लो समय महिलाको नाममा फर्म दर्ता एवं नामसारी गर्नेको संख्या ९० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ । अहिले पनि दैनिक १५ देखि ३० जना नयाँ फर्म दर्ताको लागि यस कार्यालयमा पुग्ने गरेका छन् । महिलाको नाममा फर्म दर्ता गरि उद्योग सञ्चालन गर्ने क्रममा बैंकले उद्यमी कर्जा प्रवाह गर्न थालेपछि महिलाको नाममा फर्म दर्ता गर्नेको संख्या बढेको सो कार्यालयले छ ।
कृषिजन्य, पशुपंक्षीजन्य, फर्निचर लगायतका उद्योगको संख्या पनि बढिरहेका छन् । साना उद्योगकालागि घरेलु कार्यालयमा दर्ता गरिए पनि १५ करोड देखि ५० करोड रुपैयाँसम्मका उद्योग विभागमै दर्ता हुने प्रावधान छ ।
यसरी उद्योग दर्ता गर्नेहरुको चाप बढेसँगै अहिले घरेलु कार्यालयले अनलाइन दर्ता प्रक्रियालाई समेत अघि बढाएको छ । तथ्यांक सुरक्षित राख्न डिजिटलाइजेसन गरिएको छ । उनले भने, ‘शुरुमा काम गर्न समय लाग्ने र झन्झटिलो जस्तो देखिएपनि पछि खोजेको समयमा सहज, छिटो र काम गर्न सजिलो हुनेछ ।’ उनले विगतका वर्षहरुको तुलनामा अहिले महिनाको नाममा उद्योग दर्ता र नामसारी गर्नेहरुको संख्या निकै बढेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।