logo

७० औं वर्ष गाँठको अवसरमा चेम्बरले छाप्यो १० लाख थान हुलाक टिकट

    1691   पटक पढिएको

१८ पुस/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवका अवसरमा हुलाक टिकट प्रकाशित गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चेम्बरले प्रकाशन गरेको हुलाक टिकटको प्रथम दिवसीय आवरणको टाँचा लगाएका हुन् । मन्त्री कार्कीले चेम्बर जस्तो निजी क्षेत्रको संस्थबाट हुलाक टिकट प्रकाशित गरिनु राज्यप्रतिको उच्च सम्मान भएको बताए । 
चेम्बरले ५ रुपैयाँदर अंकित मूल्य रहेको १० लाख थान हुलाक टिकट प्रकाशन गरि सार्वजनिक गरेको हो । विभिन्न ६ रंगमा मिश्रित सो हुलाक टिकट इन्डोनेशियामा छापिएको चेम्बरले जनाएको छ । सन् २०२१ मा जारी गरिएको सो हुलाक टिकट शुक्रबारबाट कार्यान्वयनमा ल्याइएको छ । 
सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले  देशको आर्थिक विकासका लागि नेपाल चेम्बरले निर्वाह गरेको भूमिकालाई कदर गर्दै हुलाक टिकट प्रकाशन गरिएको बताए । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको ७० वर्षको अवधिमा मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाई राज्यले संस्थागत रूपमा कदर गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा चेम्बर अभियानलाई विस्तार गर्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।