logo

७० औं वर्ष गाँठको अवसरमा चेम्बरले छाप्यो १० लाख थान हुलाक टिकट

    1448   पटक पढिएको

१८ पुस/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवका अवसरमा हुलाक टिकट प्रकाशित गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चेम्बरले प्रकाशन गरेको हुलाक टिकटको प्रथम दिवसीय आवरणको टाँचा लगाएका हुन् । मन्त्री कार्कीले चेम्बर जस्तो निजी क्षेत्रको संस्थबाट हुलाक टिकट प्रकाशित गरिनु राज्यप्रतिको उच्च सम्मान भएको बताए । 
चेम्बरले ५ रुपैयाँदर अंकित मूल्य रहेको १० लाख थान हुलाक टिकट प्रकाशन गरि सार्वजनिक गरेको हो । विभिन्न ६ रंगमा मिश्रित सो हुलाक टिकट इन्डोनेशियामा छापिएको चेम्बरले जनाएको छ । सन् २०२१ मा जारी गरिएको सो हुलाक टिकट शुक्रबारबाट कार्यान्वयनमा ल्याइएको छ । 
सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले  देशको आर्थिक विकासका लागि नेपाल चेम्बरले निर्वाह गरेको भूमिकालाई कदर गर्दै हुलाक टिकट प्रकाशन गरिएको बताए । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको ७० वर्षको अवधिमा मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाई राज्यले संस्थागत रूपमा कदर गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा चेम्बर अभियानलाई विस्तार गर्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।