logo

हिमपातले चीन जोड्ने केरुङ र तातोपानी व्यापारिक नाका अवरुद्ध

    1288   पटक पढिएको

१८ पुस/अर्थ र व्यापार – विगत केही दिनअघि परेको भारि वर्षा र हिमपातका कारण नेपाल चीन जोड्ने रसुवागढी केरुङ र तातोपानी खासाको दुबै व्यापारिक भन्सार नाका अवरुद्ध भएका छन् । हिमपातले रसुवा जिल्लास्थित रसुवागढी केरुङ र सिन्धुपाल्चोकस्थित तातोपानी खासाको दुवै नाकाबाट माल वस्तु आयात गत बिहीबार साँझदेखि नै अवरुद्ध भएको ति भन्सार कार्यालयलहरुले जनाएका छन् ।
भारि हिमपातका कारण तत्काल कार्गो कन्टेनर पठाउन कठिन भएको जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका केही मालबहाक कन्टेनरहरु पनि चीनतर्फको न्यालम र खासामा रोकिएको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले जानकारि दिए ।
विगत केहीदिनअघि परेको हिमपात घटेर मौसम सफा नहुँदासम्म सो भन्सार नाका सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको उनले बताए । गौतमका अनुसार यसअघि तातोपानी नाकाबाट दैनिक १० देखि १२ कन्टेनर माल वस्तु नेपाल भित्रिरहेको थियो ।
यसैगरि, चीनतर्फको अर्को प्रमुख व्यापारिक नाका रसुवास्थित रसुवागढी केरुङ भन्सार नाका पनि गत बिहीबार रातिदेखि नै अवरुद्ध भएको सो भन्सार कार्यालयले जनाएको छ । यसअघि दैनिक बिहान ७ वटा र बेलुकी २ वटा कन्टेनर बस्तु तथा सामान नेपाल भित्रिरहेको सो नाका हिमपातका कारण अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारि दिए । उनले तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र रसुवागढी भन्सार कार्यालयबाट सो नाका अवरुद्ध भएको जानकारी आएको बताए ।
‘हिमपातका कारण मालवाहक वस्तु नेपालतर्फ पठाउन कठिन भएको भन्ने महावाणिज्य दूतावासबाट लेखेर आएको छ, शनिबार घाम लागेको छ बिस्तारै सहज हुन्छ होला’ रसुवाका प्रमुख जिल्ला अधिकारी जैसीले भने । 
गत १३ पुसको रातिदेखि सुरु भएको भारि वर्षाका कारण रसुवा, सिन्धुपाल्चोक लगायत देशको उच्च पहाडी तथा अधिकांश हिमाली भूभागमा हिमपात भएको थियो । जसका कारण अहिलेसम्म नेपाल चीन जोड्ने यि दुई प्रमुख व्यावापरिक भन्सार नाका अवरुद्ध भएको उनले बताए । 
नेपाल चीन जोड्ने यि प्रमुख दुई भन्सार व्यापारिक नाका समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर भन्दा उच्च स्थानमा रहेका छन् । सोही कारण हरेक हिउँदे मौसममा यस्तै हिमपातका कारण व्यापारिक कारोबारमा समेत अवरोध हुँदै आईरहेको सम्बन्धीत सरोकारवाला एवं भन्सार कार्यालयहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।