logo

हिमपातले चीन जोड्ने केरुङ र तातोपानी व्यापारिक नाका अवरुद्ध

    1561   पटक पढिएको

१८ पुस/अर्थ र व्यापार – विगत केही दिनअघि परेको भारि वर्षा र हिमपातका कारण नेपाल चीन जोड्ने रसुवागढी केरुङ र तातोपानी खासाको दुबै व्यापारिक भन्सार नाका अवरुद्ध भएका छन् । हिमपातले रसुवा जिल्लास्थित रसुवागढी केरुङ र सिन्धुपाल्चोकस्थित तातोपानी खासाको दुवै नाकाबाट माल वस्तु आयात गत बिहीबार साँझदेखि नै अवरुद्ध भएको ति भन्सार कार्यालयलहरुले जनाएका छन् ।
भारि हिमपातका कारण तत्काल कार्गो कन्टेनर पठाउन कठिन भएको जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका केही मालबहाक कन्टेनरहरु पनि चीनतर्फको न्यालम र खासामा रोकिएको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले जानकारि दिए ।
विगत केहीदिनअघि परेको हिमपात घटेर मौसम सफा नहुँदासम्म सो भन्सार नाका सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको उनले बताए । गौतमका अनुसार यसअघि तातोपानी नाकाबाट दैनिक १० देखि १२ कन्टेनर माल वस्तु नेपाल भित्रिरहेको थियो ।
यसैगरि, चीनतर्फको अर्को प्रमुख व्यापारिक नाका रसुवास्थित रसुवागढी केरुङ भन्सार नाका पनि गत बिहीबार रातिदेखि नै अवरुद्ध भएको सो भन्सार कार्यालयले जनाएको छ । यसअघि दैनिक बिहान ७ वटा र बेलुकी २ वटा कन्टेनर बस्तु तथा सामान नेपाल भित्रिरहेको सो नाका हिमपातका कारण अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारि दिए । उनले तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र रसुवागढी भन्सार कार्यालयबाट सो नाका अवरुद्ध भएको जानकारी आएको बताए ।
‘हिमपातका कारण मालवाहक वस्तु नेपालतर्फ पठाउन कठिन भएको भन्ने महावाणिज्य दूतावासबाट लेखेर आएको छ, शनिबार घाम लागेको छ बिस्तारै सहज हुन्छ होला’ रसुवाका प्रमुख जिल्ला अधिकारी जैसीले भने । 
गत १३ पुसको रातिदेखि सुरु भएको भारि वर्षाका कारण रसुवा, सिन्धुपाल्चोक लगायत देशको उच्च पहाडी तथा अधिकांश हिमाली भूभागमा हिमपात भएको थियो । जसका कारण अहिलेसम्म नेपाल चीन जोड्ने यि दुई प्रमुख व्यावापरिक भन्सार नाका अवरुद्ध भएको उनले बताए । 
नेपाल चीन जोड्ने यि प्रमुख दुई भन्सार व्यापारिक नाका समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर भन्दा उच्च स्थानमा रहेका छन् । सोही कारण हरेक हिउँदे मौसममा यस्तै हिमपातका कारण व्यापारिक कारोबारमा समेत अवरोध हुँदै आईरहेको सम्बन्धीत सरोकारवाला एवं भन्सार कार्यालयहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।