logo

फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा श्रेष्ठ

    840   पटक पढिएको

१२ पुस / अर्थ र व्यापार – नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य श्रेष्ठ पुनः फेल्ट उत्पाक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
संघको १३ औं वार्षिक साधारणसभाले उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।  संघको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोग लाखपा, महासचिवमा तेलबहादुर कुमाल, सचिवमा शान्ति भण्डारी श्रेष्ठ र कोषाध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरूमा सुनिता श्रेष्ठ, रुद्रनाथ देवकोटा, सुनिता शेर्पा, चन्द्रबहादुर थापा र र विष्णुमणि लोहनी निर्वाचित भएका छन् । त्यस्तै संघको संशोधित विधान अनुसार थप भएको दुई जना उपाध्यक्षमा द चक्रमणि देवकोटा र डाकबहादुर पराजुली मनोनित भएका छन् । यस्तै सचिवमा प्रभुकुमार कार्की र कार्यसमिति सदस्यमा विश्वनाथ श्रेष्ठ मनोनित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।