logo

साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी , सबैभन्दा धेरै चीनबाट भित्रियो, प्राथमिकतामा सेवा क्षेत्र

    1134   पटक पढिएको


५ पुस /अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । सो लगानी चालु आवको वितेका चार महिना गत १५ मंसिरसम्मको हो । यस अवधीमा भएको कुल विदेशी लगानीमध्ये चीनको हिस्सा सबैभन्दा धेरै देखिएको छ । कुल विदेशी लगानीमध्ये चीनबाट मात्रै ७९ प्रतिशत लगानी भित्रिएको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको १५ मंसिरसम्ममा २९ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । जसमध्ये चीनबाट मात्रै २३ अर्ब ५४ लाख रुपैयाँ बराबरको लगानी आएको छ । कुल वैदेशिक लगानीमा चीनको हिस्सा ७८.८६ प्रतिशत छ ।
सो अवधिमा कुल १२० उद्योगमा विदेशी लगानी आएको छ । यसमध्ये चीनबाट मात्रै १०१ उद्योगमा लगानी आएको छ । चीनबाट आएको लगानीमध्ये ठूलो हिस्सा सेवामुलक क्षेत्रमा बढी छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षमा चीनबाट सेवामुलक क्षेत्रका ३४ उद्योगको लागि ११ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी आएको छ । सेवामुलक क्षेत्रका ३५ उद्योगमा विदेशी लगानी आएकोमा अर्काे एउटा उद्योगको लागि स्पेनबाट ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । सेवामुलक क्षेत्रका ३५ उद्योगका लागि कुल १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
यसैगरि, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट ४ वटा लगानी प्रतिवद्धता आएको छ । प्रति उद्योगमा १५ करोडका दरले ४ उद्योगमा ६० करोड लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । सो अवधीमा ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा ५ करोड ६० रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड लगानी आएको छ । जसमा चीनबाट दुई उद्योगमा २५ करोड, बेलायतबाट एक उद्योगमा ५ करोड र अमेरिकाबाट ३ उद्योगमा १५ करोड लगानी प्रतिवद्धता आएको छ ।
त्यसैगरि, उत्पादनमूलक १९ उद्योगमा ३ अर्ब २४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । जसमा चीनबाट १४ उद्योगमा २ अर्ब, भारतबाट ३ उद्योगमा २४ करोड र सिंगापुरबाट १ उद्योगमा एक अर्ब र जापानबाट ५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
यसैगरि,पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा ९ अर्ब ५५ करोड रुपैयाँ प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै चीनबाट ४७ उद्योगमा ९ अर्ब १५ करोड लगानी प्रतिवद्धता आएको छ । त्यस्तैगरी, भारतबाट १ उद्योगमा ५ करोड, अमेरिकाबाट ३ उद्योगमा १५ करोड, स्वीटजरल्याण्डबाट, इटाली, फान्स र भितनामबाट एक÷एक उद्योगमा ५÷५ करोड लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।