logo

साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी , सबैभन्दा धेरै चीनबाट भित्रियो, प्राथमिकतामा सेवा क्षेत्र

    1379   पटक पढिएको


५ पुस /अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । सो लगानी चालु आवको वितेका चार महिना गत १५ मंसिरसम्मको हो । यस अवधीमा भएको कुल विदेशी लगानीमध्ये चीनको हिस्सा सबैभन्दा धेरै देखिएको छ । कुल विदेशी लगानीमध्ये चीनबाट मात्रै ७९ प्रतिशत लगानी भित्रिएको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको १५ मंसिरसम्ममा २९ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । जसमध्ये चीनबाट मात्रै २३ अर्ब ५४ लाख रुपैयाँ बराबरको लगानी आएको छ । कुल वैदेशिक लगानीमा चीनको हिस्सा ७८.८६ प्रतिशत छ ।
सो अवधिमा कुल १२० उद्योगमा विदेशी लगानी आएको छ । यसमध्ये चीनबाट मात्रै १०१ उद्योगमा लगानी आएको छ । चीनबाट आएको लगानीमध्ये ठूलो हिस्सा सेवामुलक क्षेत्रमा बढी छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षमा चीनबाट सेवामुलक क्षेत्रका ३४ उद्योगको लागि ११ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी आएको छ । सेवामुलक क्षेत्रका ३५ उद्योगमा विदेशी लगानी आएकोमा अर्काे एउटा उद्योगको लागि स्पेनबाट ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । सेवामुलक क्षेत्रका ३५ उद्योगका लागि कुल १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
यसैगरि, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट ४ वटा लगानी प्रतिवद्धता आएको छ । प्रति उद्योगमा १५ करोडका दरले ४ उद्योगमा ६० करोड लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । सो अवधीमा ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा ५ करोड ६० रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड लगानी आएको छ । जसमा चीनबाट दुई उद्योगमा २५ करोड, बेलायतबाट एक उद्योगमा ५ करोड र अमेरिकाबाट ३ उद्योगमा १५ करोड लगानी प्रतिवद्धता आएको छ ।
त्यसैगरि, उत्पादनमूलक १९ उद्योगमा ३ अर्ब २४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । जसमा चीनबाट १४ उद्योगमा २ अर्ब, भारतबाट ३ उद्योगमा २४ करोड र सिंगापुरबाट १ उद्योगमा एक अर्ब र जापानबाट ५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
यसैगरि,पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा ९ अर्ब ५५ करोड रुपैयाँ प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै चीनबाट ४७ उद्योगमा ९ अर्ब १५ करोड लगानी प्रतिवद्धता आएको छ । त्यस्तैगरी, भारतबाट १ उद्योगमा ५ करोड, अमेरिकाबाट ३ उद्योगमा १५ करोड, स्वीटजरल्याण्डबाट, इटाली, फान्स र भितनामबाट एक÷एक उद्योगमा ५÷५ करोड लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।