१ पुस/अर्थ र व्यापार– नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)को संचालक समितीको अध्यक्षमा रविनकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको आठौं वार्षिक साधरणसभाबाट नेपाल अध्यक्षमा चयन भएका हुन् ।
नवनियुक्त अध्यक्ष नेपालले बुधबार नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन् ।
बैंक तथा वित्तिय संस्थाबाट संचालित यस कम्पनीले १५ वटा बैंक तथा वित्तिय संस्थाहरुलई आइपिइस कनेक्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया