logo

हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान

    1306   पटक पढिएको

२० मंसिर/अर्थ र व्यापार – धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत पुगेको छ । र्मस्याङदी –स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको सो उद्योगकका उप महाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए ।
विद्युत आपूर्तिसँगै उद्योगको परीक्षण उत्पादनको बाटो खुलेको पोखरेलले बताए । ‘उद्योगलाई विद्युत आपूर्ति भएको छ, अब हामी परीक्षण उत्पादनका लागि तयार भएका छौं’ पोखरेलले भने । उनले अबको तीन सातापछि उद्योगले परीक्षण उत्पादन थाल्ने बताए । दुई महिनाभित्रै गुणस्तर परीक्षण सकेर व्यवसायीक उत्पादन थाल्ने तयारी उद्योगले गरेको उनको भनाई छ ।
सोमबार बिहान ७ बजेदेखि स्वीचिङ स्टेशन रहेको धादिङको सिद्धलेक गाउँपालिका ६ देखि उद्योगसम्मको प्रशारण लाईनमा विद्युत प्रवाह भएको बेनिघाट रोराङ गाउँपालिकाले जानाएको छ । १३२ केभी प्रशारण लाइनबाट विद्युत प्रवाह भएको भन्दै टावरमा नछुन, छेउछाउ नजान र सुरक्षाका उपाय अपनाउन गाउँपालिकाले सर्वसाधरणलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।
धादिङको ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्न तिहारको टीकाको दिन स्वीचिङ स्टेसन सञ्चालनमा ल्याइएको थियो । हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन र कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाईन निर्माण गरेको थियो । यसैगरि, कारखाना परिसरभित्र १३२.१० केभीको सबस्टेसन पनि निर्माण गरेको छ ।
नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा हुवासिन सिमेन्टलाई लिइन्छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।