logo

सीडी रेसियो खारेज गर्न उद्योग संगठनको माग

    1397   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार – उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि आफ्नो धारणा सार्वजनिक गरको छ । संगठनले केन्द्रीय बैंकले गरेको समीक्षामार्फत २०७८ असार मसान्तसम्म कर्जा निक्षेपको लक्षित अनुपात कायम गर्दा हुने गरी लचकता अपनाएकाले तरलता व्यवस्थापनमा यस प्रावधानबाट केही राहत पुग्ने देखिने जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको तरल पुँजीलाई निस्कृय पारेर निक्षेपको ९० प्रतिशतमात्र लगानी गर्न पाउने गरी कर्जा निक्षेप अनुपात कायम हुने व्यवस्थाका कारण बजारमा लगानी योग्य तरलताको अभाव भएकाले यस्तो कर्जा निक्षेप (सीडी रेसियो) अनुपातको प्रावधान खारेज गर्न संगठनले माग गरेको छ ।
यस्तै कर तथा राजस्व एवं अन्य माध्यमबाट सरकारको खातामा नगद जम्मा हुने तर सरकारले गर्ने पुँजीगत तथा विकास खर्च अत्यन्त न्युन भएकोले पनि बजारमा तरलता अभाव भएकोले सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई प्रभावकारी र दु्रत गतिमा गर्ने व्यवस्था गरी बजारमा नगद प्रवाहलाई बढाउन सुझाव संगठनले दिएको छ ।
सरकारको विकास तथा पुँजीगत खर्चमा जाने राष्ट्र बैंकमा निक्षेपका रुपमा जम्मा भएको रकम बैंक र वित्तीय संस्थाहरुमा खाता ट्रान्सफरमार्फत नगद उपयोग गरी तरलता व्यवस्थापन गर्न पनि संगठनले आग्रह गरेको छ ।
हाल स्थानीय सरकारको ५० प्रतिशत रकम वाणिज्य बैंकहरुमा निक्षेपका रुपमा राख्दै आएको व्यवस्था अनुसार संघीय र प्रदेश सरकारको खातामा राष्ट्र बैंकमा रहेको रकमलाई बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्ने व्यवस्था तत्काल मिलाउन पनि संगठनले सुझाव दिएको छ ।
यसैगरि, राष्ट्र बैंकले समीक्षामार्फत विदेशी विनियमको सञ्चितिको विद्यमान अवस्थाका आधारमा तोकिएका वस्तुको आयातमा प्रतित पत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्न पर्ने व्यवस्था गरी विलाशिताका वस्तुहरुको कडाई गर्ने संकेत गरेको संगठनको ठहर छ ।
यो प्रावधानले विलासिताका वस्तुको आयातमा कडाई गर्दै उत्पादनमूलक उद्योगका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातको सहजिकरणमा मद्दत पुग्ने देखिने जनाएको संगठनद्धारा जारी विज्ञप्तिमा भनिएको छ । तर, यसबाट विलासिताका वस्तुहरुको आयातमा एकाधिकार हुनसक्ने भएकाले यस्तो प्रावधानको सट्टा त्यस्ता तोकिएका विलाशिताका वस्तुको आयातमा प्रतिबन्ध गर्नेतर्फ थप प्रभावकारी कदम चाल्नु पर्छ ।’
बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कुल कर्जामध्ये उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जा लगानीलाई सहज र सरल प्रकृयाबाट प्रवाह गर्ने व्यवस्था गरी अनुत्पादक क्षेत्रको लगानी घटाउँदै उत्पादनमूलक क्षेत्रको लगानी बढाउन संगठनले आवश्यक ठानेको जनाएको छ । आर्थिक पुनरुत्थानका लागि अपनाइएको पुनरकर्जा तथा विभिन्न शिर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जा अन्र्तगतका सूविधामूलक कर्जालाई सहज र द्रुत गतिमा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि संगठनले आग्रह गरेको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने प्रशासनिक तथा व्यवस्थापन खर्चको संस्थाको वर्गका आधारमा निश्चित मापदण्डको दरिलो आधार निर्माण् ागरी अनुत्पादक खर्च कटौतीका साथ आधार दर घटाउनेतर्फ आवश्यक कदम चाल्न संगठनले सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।