logo

कोरोना कहरकाबीच एक वर्षमै घरेलु तथा साना उद्योगमा दुई खर्ब लगानी

    1458   पटक पढिएको

१३ मंसिर/अर्थ र व्यापार – मुलुकले कोरोना महामारीको कहरसँग पौंठेजोरी गर्नुपरेको पछिल्लो डेढ वर्षमा साना तथा घरेलु उद्योग क्षेत्रमा भन्डै २ खर्ब रुपैयाँ भन्दाबढी लगानी भएको छ । वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा घरेलु उद्योग कोरोना महामारिको संक्रमणपूर्ण एवं एकदमै संकटकालको १८ महिनामा झण्डै ३५ हजारले बढेको उद्योग विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को गत असार मसान्तसम्म देशभर कुल यस्ता उद्योग संख्या ५ लाख २२ हजार ७३३ पुगेको छ । एक आर्थिक वर्षमा मात्रै नेपालमा ८३ हजार ३८६ यस्ता नयाँ उद्योग विभाग स्थापना भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा दर्ता हुन आएका लघु, घरेलु र साना उद्योगहरुको संख्या हालसम्मै धेरै हो । गत आर्थिक वर्षको मात्रै तथ्यांक हेर्ने हो भन झण्डै ९० हजार नयाँ उद्यमीले यस्तो क्षेत्रमा एक वर्षमा करिब दुई खर्ब लगानी गरेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा ७७ जिल्लाका ८९ हजार ९२४ नयाँ उद्यामीहरु यस्तो उद्योगमा लागेका छन् । कुल पूँजी १ खर्ब ८५ अर्व २० करोड भन्दा बढी लगानीमा उनीहरुले आफ्नो उद्यम सुरु गरेका छन् ।
झापा, काठमाडौं, कास्की र कैलााली यस्तो उद्यमी संख्या तीन हजार हाराहारी छन् भने अन्य सबैजासो जिल्लामा दुई सय भन्दा बढीको संख्यामा उद्यम सुरु भएको विभागको विवरणमा देखिन्छ । यस्तो उद्यममा ४३ हजार ५६६ महिला उद्यमी सहभागी छन् भने पुरुष संख्या ४६ हजार ३५८ छ । यस्ता लघु, घरेलु तथा सान उद्योगले ३ लाख ११ हजार ६९३ जानालई रोजगारी सिर्जना गर्नेछ । जसमा पुरुषको संख्या १ लाख ९३ हजार ४११ र महिलाको संख्या १ लाख १८ हजार २८२ रहेको छ ।
कोभिडले ठूला उद्योग र अर्थतन्त्रमा असर पारिरहेका बेला उत्पादन, कृषि  तथा वन र सेवा मुलक क्षेत्रमा लगानीकर्ताहरु आर्कषित भएको तथ्याङ्कमा देखिएको छ । आर्थिक वर्षको अन्तिममा देखिएको कोरोनाको पहिलो असरका बाबजुत पनि २०७६/०७७ मा उत्पादन मुलक क्षेत्रमा ५ हजार ६७९ उद्योग दर्ता भए । कृषि र वनजन्यमा २२ हजार ९७ उद्योग दर्ता हुँदा सेवा मुलुक क्षेत्रमा १४ हजार ८७९ उद्योग भित्रिएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा कृषि र वनजन्य उद्योगमा ४८ हजार ८५२ उद्योग दर्ता भएका छन् । वन र कृषिपछि लगानीकर्ताको आकर्षण सेवामूलक क्षेत्रमा छ । सो वर्ष सेवामुलक क्षेत्रमा १८ हजार २१८ उद्योग थपिएका छन् ।
यस्तै उत्पादन मुलक क्षेत्रमा ९ हजार ६७९ र पर्यटनमा ५ हजार ६९३ उद्योग दर्ता भएका छन् । निर्माण र सूचना प्रविधिमा आधारित उद्योग दर्ता संख्या क्रमशः ८८६ र ४८ हुँदा खनिजमा जम्मा ३ उद्योग र उर्जा क्षेत्रामा ७ उद्योग विभागमा दर्ता भएका छन् । सो अवधीमा ठूला उद्योगबाट विस्थापित भएकाहरु पनि आफ्नै उद्यममा लागेको पाईएको विभागले जनाएको छ । 
कोरोनाका कारण नेपाल तयारी पोशाक संघका सहसचिव पशुपति देव पाण्डेको उद्योगबाट धेरै श्रमिकहरु विस्थापित भए । कोभिडका कारण व्यापारमा मन्दी आएर कटौतीमा परेका श्रमिकहरुको जागिर छुटेपनि उनीहरुले आफ्नो पेशा छाडेनन् ।
सिलाई र कटिङ जानेका श्रमिकहरुले जीविकोपार्जनका लागि आफ्नो घर वस्ती र टोलमै ससाना उद्यम सुरु गरेको पाएको पाण्डेले  बताए । ‘सानो लगानी, जानेको शीप र राम्रो आम्दानी भएका कारण यस्तो उद्यम बढ्यो,’ पाण्डेले भने ।
कोभिड महामारीका बीच नेपालमा स्वउद्यम फष्टाएको नेपाल कपडा तथा सिलाई व्यबसायी महासंघले जनाएको छ । 
महिला उद्यमी र परिवार नै मिलेर पनि राम्रै आम्दानी गर्न सकिने भएपछि यो पेशा र व्यवसायमा आर्कषण निकै राम्रो रहेको संघका निर्वतमान अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।
कोभिडले ठूला व्यवसाय र उद्योग धरासायी हुँदा सना सिपमुलक व्यवसायले नयाँ प्राण पाएको उनले बताए । ‘सिप र सानो पूँजी भएका मानिसहरु धेरै बढेका छन् । यस अघि देशभरका साना शहर र गाउँ–गाउँमा यस्तो माहोल बनेको छ,’ श्रेष्ठले भने । एक लाख देखि बढीमा जति पनि लगानी गरेर राम्रो आर्जन गर्न सकिने भएकाले यस्ता उद्यममा आकर्षण बढेको श्रेष्ठको अनुभव छ ।
साना र घरेलु उद्योगको विकासले महामरीकै समयमा मुलुकको कुल ग्राहस्थ उत्पादनमा झण्डै ४ प्रतिशतको पुगेको नेपाल उद्योग वाणिज्य महासंघको दावी छ । केही नयाँ काम गरौं भन्ने युवा हुटहुटी र कोरोनाका कारण प्राप्त अनुकलता यसको प्रमुख कारण भएको महासंघको उद्योग समिति सभापति भरतराज आचार्यको भनाई छ । 
उनले लकडाउनका कारण प्रभावित भएको ट्रेड र ट्रान्जिट कारण रोकिएको मानिसको आवश्यकताको वस्तु उत्पादनमा लहरै जागेको बताए । ‘कोरोना र लकडाउने हामीलाई लाइफ लाईन र लाइफ स्टाइलमध्ये एकमा बाँच्न र उद्यम गर्न सिकायो, कोरोनाले लाइफ स्टाइल व्यवसाय ध्वस्त भयो भने लाइफलाईन अर्थात् जीवन पद्धतीको व्यवसाय र उद्यम फष्टायो,’ आचार्य थप्छन, ‘कृषि र सेवा क्षेत्रमा धेरै साना व्यवसाय यो बेला खुल्नुले यसलाई पुष्टि गर्छ । ‘
उद्योग विभागको विवरणअनुसार पनि कोभिडको महामारीका समयमा आर्थिक वर्ष २०७६/०७७ मा कृषि र वनजन्यमा २२ हजार ९७ उद्योग दर्ता हुँदा सेवा मुलुक क्षेत्रमा १४ हजार ८७९ उद्योग खुलेका छन् । यस्तै २०७७/०७८ मा कृषि र वनजन्य उद्योगमा ४८ हजार ८५२ उद्योग दर्ता भएका छन् भने सेवामुलक क्षेत्रमा १८ हजार २१८ उद्योग थपिएका छन् ।
कोभिडका कारण रेडिमेड कपडाको आयात प्रभावित हुँदा स्वदेशी उत्पादनले निकै राम्रो बजार पाएको नेपाल नेपाल तयारी पोशाक संघले जनाएको छ । समयअनुसारको कपडा उत्पादन गर्ने झण्डै २ सय नयाँ उद्योग यही बीचमा खुलेको संघका सहसचिव पशुपतिदेव पाण्डे बताउँछन् । एउटा काल खण्डमा बजारको मागअनुसार उद्योगहरु खुलेपनि यसलाई टिकाउन भने सरकारीको योगदान महत्वपूर्ण हुने उनी बताउँछन् । नेपालमा रोजगारी सृजना गर्न  र उद्यमशिलता विकास गर्न यो उपयुक्त समय भएको उद्योग, वाणिज्य महासंघको उद्योग समिति सभापति भरत आचार्य बताउँछन् । नेपालमा नयाँ उद्यम गर्न युवा लहर जागेको बेला उनीहरुलाई टिकाउन सरकारले नीतिगत र संस्थागत सुरक्षाका काम गर्नुपर्ने उनको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।