logo

झन्डै ३० करोड राजस्व छलीमा संलग्न विभिन्न कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर

    1452   पटक पढिएको

१२ मंसिर /अर्थ र व्यापार – राजस्व अनुसन्धान विभागले झन्डै ३० करोड रुपैयाँ राजस्व छलीमा संलग्न तीनवटा कम्पनी तथा फर्मका सञ्चालकहरूविरुद्ध मुद्दा दायर गरेको छ ।
पछिल्लो समय राजस्व छली गर्नेहरूविरुद्ध आक्रामक रूपमा अनुसन्धान तथा अन्य गतिविधिलाई तीव्र बनाएको विभागले वस्तु तथा सेवाको कारोवार नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी राजस्व छलीमा संलग्न उज्ज्वल ट्रेड कन्सर्नका प्रोपाइटर रामबाबुप्रसाद यादव, दिव्या ट्रेड कन्सर्नका प्रोपाइटर सरोज मण्डल र टोनी कन्सर्नको प्रोपाइटर शान्तिराम सिटौलाविरुद्ध २९ करोड ७७ लाख ७४ हजार ४ सय ९९ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
उज्ज्वल ट्रेड कन्सर्न, दिव्या ट्रेड कन्सर्न र टोनी कन्सर्न ट्रेडको खाता सञ्चालक प्रदीप साह गोढले वस्तु तथा सेवाको कारोबार नगरी झुट्टा तथा नक्कली मल्य अभिवृद्धिकर (भ्याट) बिजक मात्र जारी गरी मूल्य अभिवृद्धि करतर्फ ९ करोड १८ लाख रुपैयाँ र आयकरतर्फ २० करोड ५८ लाख ७५ हजार रुपैयाँ गरी कुल २९ करोड ७७ लाख ७४ हजार रुपैयाँ राजस्व छली गरेको ठहर गरिएको विभागले जनाएको छ ।
यसैगरी, विभागले सो राजस्व रकम असुलउपर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजाय हुन माग दाबीसहित मुद्दा दायर गरेको जनाएको छ । त्यसैगरी, दर्तावाल लेखा परीक्षक जिल्ला आरबी शाह एन्ड एसोसिएट्सको प्रोपाइटरका रामबाबु साहविरुद्ध गलत लेखापरीक्षण प्रतिवेदन तयार गरी राजस्व छली कार्यमा मतियारको कार्य गरेको भन्दै मुख्य प्रतिवादीहरूलाई हुने हदैसम्मको सजायको आधा सजायको माग दाबी लिई उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरेको विभागले जनाएको छ । 
अनुसन्धानको क्रममा उनीहरूमाथि मिलेमतोमा वस्तु तथा सेवाको कारोबार नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र जारी गरी राजस्व छली गरेको विभागको आरोप छ । उनीहरूले मूल्य अभिवृद्धि करतर्फ ९ करोड १८ लाख रुपैयाँ र आयकरतर्फ २० करोड ५८ लाख ७५ हजार रुपैयाँ राजस्व छली गरेको पाइएको विभागले जनाएको छ । दर्तावाल लेखापरीक्षक त्यहाँको चन्द्रनगर गाउँपालिका–७ नादीका आरबी शाह एन्ड एसोसिएट्सका सञ्चालक रामबाबु साहमाथि सो फर्मको गलत लेखापरीक्षण प्रतिवेदन तयार गरी राजस्व छलीमा मतियारको काम गरेको विभागको आरोप छ । 
राजस्व छलिमा संलग्न शाहलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसमेत) बमोजिम मुख्य प्रतिवादीलाई हुनेभन्दा आधा सजाय माग दाबी गरिएको विभागले जनाएको छ । यसअघि पनि धेरैपटक यसरी नै विभागले नक्कली विजक जारी गर्ने तथा विभिन्न बहानाबाट राजस्व छली गर्नेहरूविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गर्दै आएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।