logo

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापनाको ४० वर्षपछि नाफामा, छिटै सर्वसाधारणलाई सेयर बाँड्ने

    897   पटक पढिएको

 

१० मंसिर / अर्थ र व्यापार – जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड स्थापनाको ४० वर्षपछि बल्ल नाफामा गएको छ ।  स्वदेशी औषधी उत्पादन गर्ने लक्ष्यकासाथ स्थापना भएको सो कम्पनी विगत तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको हो ।
२०३८ मा स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ देखि नाफा कमाउन थालेको छ । यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर १ करोड ९२ लाख रुपैयाँ कमाएको सो कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार त्यसको अर्को वर्ष अर्थात् आव २०७६/ ७७ मा यस कम्पनीले एक करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । आव २०७७/ ७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा रहेको सो कम्पनीको दावी छ । 
सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानहरु मध्ये यही कम्पनी नै नाफामा रहेको एकमात्र सार्वजनिक संस्था हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थान सम्बन्धी प्रगति प्रतिवेदनमा पनि योस्तो उल्लेख गरिएको छ । 
यस कम्पनीले आव २०७६/ ७७ देखि शेयरधनीलाई लाभांश बाँड्न थालेको छ । गत आवको लेखापरीक्षण सम्पन्न भएपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारीमा पनि यो कम्पनी लागेको छ ।
हाल सरकारी निकायमात्र कम्पनीको शेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको शेयर सदस्यका रूपमा रहेका छन् । सर्वसाधारणलाई पनि शेयर बिक्री गरेर कम्पनीको पूँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवद्र्धन गर्ने लक्ष्य अनुरुप कम्पनीले काम गरिरहेको छ ।
नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाईन्छन् । वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३०० वनस्पति व्यापारिक रूपमा प्रयोग भइरहेको छ । जसमध्ये यस कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको महाप्रबन्धक कार्कीले जानकारि दिए । 
विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । नेपालले सन् २०१५ मा ५० लाख डलर बराबरको सुगन्धित तेल निर्यात गरेको थियो । यो विश्व बजारको मागको ०.०२ प्रतिशतमात्र हो ।
यो तथ्यांकलाई हेर्दा नेपालमा जडीबुटीको अथाह सम्भावना रहेको छ, विश्व बजारमा जडीबुटीजन्य तेल तथा वस्तुको माग अत्यधिक छ, यसैले कम्पनीलाई सुगन्धित तेल तथा जडीबुटीजन्य सामग्रीको उत्पादनमा दक्षिण एसियाकै प्रमुख कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्यकासाथ काम भइरहेको बताउँदै महाप्रवन्धक कार्कीले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित उत्तम अभ्यासलाई दिगो सङ्कलन, खेती, प्रशोधन, उत्पादन र बिक्री वितरणमा लागू गर्दै अधिकतम् रोजगारीको सिर्जना गरी विपन्न तथा निम्न आय भएका नागरिकको सामाजिक–आर्थिक अवस्थालाई उकास्ने काममा अघि बढेको छ । ’ 
उद्देश्य प्राप्तिका लागि कम्पनीलाई गत वर्ष सरकारले लगानी स्वरुप १८ करोड दिएको थियो । महाप्रबन्धक कार्कीले कम्पनीको विकास एवं विस्तार तथा संरचनात्मक सुधारका लागि वन तथा वातावरण मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पेश गरेको व्यापारिक योजना अनुरुप सो रकम लगानी गर्न प्राप्त भएको हो । १० करोड रुपैयाँ शेयरका रूपमा र ८ करोड ऋण स्वरुप सरकारले यस कम्पनीलाई लगानी प्रदान गरेको हो । यसबाट कम्पनीको विस्तार तथा विकासका काम भइरहेको सो कम्पनीले जनाइएको छ । 
अब मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको सो कम्पनीले जनाएको छ । आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक १ अर्ब रुपैयाँ बराबर कारोबार गर्ने लक्ष्य राखेको सो कम्पनीले जनाएको छ ।
उत्पादन भवन अन्तिम चरणमा
कम्पनीका जडीबुटीजन्य उत्पादन र यसका संरचनासमेतलाई आधुनिकीकरण र व्यावसायिक बनाउन उत्पादन भवन निर्माण अन्तिम चरणमा पुगेको छ । परम्परागतरूपमा हाते प्रविधिबाट उत्पादन भइरहेका सामग्रीलाई स्वचालित यन्त्रको प्रयोग गरी ‘फिलिङ तथा क्यापिङ’ गरेर उत्पादन बढाइने भएको छ । यसका लागि नयाँ यन्त्र खरिदको प्रक्रिया अघि बढेको छ ।
नयाँ यन्त्रका माध्यमबाट उत्पादनको लागत घटेर क्षमता वृद्धि हुनेछ । यो भवनभित्र आधुनिक प्रयोगशाला कक्षको निर्माण भइरहेको छ । राम्रो प्रयोगशाला अभ्यासमा आधारित भएर कक्ष निर्माण गर्न लागिएको हो । कम्पनीका उत्पादनको गुणस्तर मापन तथा नियन्त्रणको काम प्रयोगशालाले गर्नेछ ।
सन्चो उत्पादन दोब्बर 
कम्पनीले लोकप्रिय उत्पादन सन्चोलाई आधुनिकतामा प्रवेश गराउने भएको छ । यसै आर्थिक वर्षदेखि ८५ लाख थान सन्चोका प्याकेट उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ । कम्पनीले गत वर्ष पुसमा ४० लाख थान प्याकेट सन्चो उत्पादन गरी बिक्री गरेको थियो । २०७७ साल अघि ३० लाख उत्पादन भइरहेको सन्चो नयाँ व्यावसायिक योजना सहित अघि बढेपछि दोब्बर उत्पादन हुन लागेको सो कम्पनीले जनाएको छ ।
नेपालको उच्च पहाडी क्षेत्रमा पाइने धसिङघरे, टिमुर लगायत फरक तेलजन्य वनस्पतिको सम्मिश्रणबाट सन्चो तेल उत्पादन हुन्छ । सन्चो कफ, रुघाखोकी, हाड तथा जोर्नीको दुखाई लगायतको उपचारमा प्रयोग गरिन्छ । सन्चोबाट यी समस्या समाधान भई प्रयोग गर्नेको संख्या बढ्ने गरेको सो कम्पनीको दावी छ । कफ, रुघाखोकी लगायत समस्या समाधानका लागि प्रयोग गरिने ‘झण्डु बाम’ वार्षिक ५० करोडको भारतबाट आयात हुने गरेको छ । सन्चो जस्ता उत्पादनलाई बढाएर आयात रोक्ने काम गर्ने कम्पनीले जनाएको छ ।
बागमती प्रदेशसभा सदस्य विशाल खड्का यस्तै प्रकारका उत्पादनको आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउन नीति निर्माण तहबाट सहयोग गर्ने उद्देश्यले आफूले कम्पनीको भ्रमण गरेको बताउँछन् । प्रदेशसभा र प्रदेश सरकारका तर्फबाट जडीबुटी उत्पादन एवं प्रशोधनका लागि आवश्यक सहयोगका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।
कम्पनीले हाल बाराको तामाको गढी, मोरङको बेलबारी, सुनसरीको तरहरा, कैलालीको टीकापुरमा व्यावसायिक रूपमा जडीबुटी खेती गरेको छ । यहीँको खेतीबाट अहिले कम्पनीले आफ्ना उत्पादनका लागि कच्चा पदार्थ तयार पार्ने गरेको छ । यी ठाउँमा घाँस उत्पादन गरेर तेल उत्पादन गर्ने र त्यसबाट औषधि बनाउने गरिन्छ । रामेछापमा रहेको कम्पनीको जग्गामा धसिङगरे प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
नेपालमा हिमाल, पहाड र तराई तीनवटै फरक भूगोल एवं हावापानीमा पाइने जडीबुटीलाई उपयोग गर्न तीनै तहका सरकारबीच सहकार्यको वातावरण बनाउन पनि कम्पनी लागिपरेको छ । स्थानीय तहसँग आफ्नो भूगोलभित्र कुन–कुन जातका कति थरि वनस्पति पाइन्छ भन्नेसम्मको सूचना नभएकाले सहकार्य गर्ने तयारीमा कम्पनी लागेको हो ।
नेपालमा पनि कर्णालीलाई जडीबुटीको भण्डार मानिन्छ । कम्पनीले कर्णालीको जडीबुटी क्षेत्रको अध्ययन भ्रमण गरेर त्यसको विकास र विस्तारका लागि मुख्यमन्त्रीसँग पनि वार्ता गरेको छ । अन्य प्रदेश सरकारसँग पनि सहकार्य गरी जडीबुटी उद्योगलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ कम्पनी अघि बढेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।