५ मंसिर /अर्थ र व्यापार – नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित भएका छन् । एसोसीएसनको २०औं वाार्षिक साधारण सभामा उनका प्रतिस्पर्धी रामकृष्ण प्रसार्इंलाई उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।
सोही निर्वाचनबाट एसोसीएसनको उपाध्यक्षमा रुद्ध न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने रन सुज इन्डस्ट्रिजका सञ्चालक हुन । यसैगरी, एसोसिएसनको महासचिव पदमा ज्ञानेन्द्रप्रसाद दाहाल निर्वाचित भएका छन् । उनले प्रतिपक्षि ऋषिराज घिमिरेभन्दा ४१ मत बढी ल्याई महासचिवमा निर्वाचित भएका हुन् । यसैगरी, संघको सदस्यहरूमा राजन गौतम, अशोककुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशरबहादुर प्रधान, फशपत शाह, त्रिलोक श्रेष्ठ, जीवनकुमार श्रेष्ठ र शंकरकुमार गौतम निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया